वैशाख २४, २०८१ सोमबार May 6, 2024

मध्यरातदेखि नै टिकट लिनेको भीड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । व्यवसायीहरुले केही ढिलो गरि दशैमा घर जानेहरुका लागि आजदेखि अग्रिमटिकट बुकिङ खुला गरेपछि बसपार्कसहित अन्य स्थानहरुमा टिकट लिनेको भीड लागेको छ ।

गोँगबुस्थित नयाँ बसपार्कमा राती दुई बजेबाट नैटिकटका लागि यात्रुहरु आइपुगेको बसपार्कमा कार्यरत गोपाल श्रेष्ठले युग खबरलाई बताए ।

यातायात व्यवस्था विभाग रयातायात व्यवसायीबीच भएको सहमति अनुसार आजबाट टिकट खोलिएको हो । दशप्रतिशत भाडा वृद्धि गरेपछि अग्मि टिकट खोल्न व्यवसायीहरु सहमत भएका थिए ।

राष्ट्रिय यातायात व्यवसायी महासंघले आफु मातहतका सबै समिति वा कम्पनीहरुलाई आजबाट टिक बुकिङ खोल्न दिर्नेशन दिएको समितिका सचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।

महासंघको निर्देशन पछि स्वर्गद्धारी यातायात व्यवसायी संघ प्यूठान, जलजला यातायातरोल्पा, राप्ती अञ्चल व्यवसायी संघ दाङ, बडीमालिका यातायात धनगढी, बटालियन यातायात प्रालि रुकुम, मेची अग्नी यातायात, आयुष यातायात प्रालिलगायतले असोज ५ गतेदेखि नै अग्रिम टिकट बुकिङ खोलेका थिए ।

आज डँडेल्धुरा, बाजुरा, बझाङ, कैलाली,धनगढी, महेन्द्रनगर, दार्चुला, झापा, मोरङ, सुनसरी, ताप्लेजुङलगायत लामो दूरीमा चल्ने बसको टिकट वितरण भएको हो ।

कतिपय समितिहरुले भने आज पनि अग्रिम टिकट खोलेकाछैनन् । पश्चिम नेपाल यातायात व्यवसायी संघले टिकट नखुलाउँदा पश्चिम नेपालका पाल्पा,गुल्मी, अर्घाँखाची, बुटवल, भैरहवालगायतका जिल्लामा जाने यात्रुले टिकट नपाएर रित्तै घर फर्किएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : तीन वटा प्रदेशमा चट्याङ्ग सहित पानी पर्ने
२०८१ वैशाख २४, सोमबार
इंग्लिस प्रिमियर लिग : लिभरपुलले टोटेनहमलाई ४–२ गोलले हरायो
२०८१ वैशाख २४, सोमबार
लखनउलाई ९८ रनले हराउँदै कोलकाता आईपीएलको शीर्षस्थानमा
२०८१ वैशाख २४, सोमबार
रुरल सहकारी प्रकरणः अध्यक्ष र सचिवले स्वीकारे बचतकर्ताको रकमबाट जग्गा खरिद गरेको
२०८१ वैशाख २४, सोमबार
लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक
२०८१ वैशाख २३, आइतबार
नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता
२०८१ वैशाख २३, आइतबार
राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तर प्रमाणीकरण
२०८१ वैशाख २३, आइतबार