श्रावण ७, २०८२ बुधबार July 23, 2025

इजरायली आक्रमणपछि सिरियाका दुई मुख्य विमानस्थलमा सेवा अवरूद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थल बिहीबार बन्द भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी शहर अलेप्पोका विमानस्थलमा पटक–पटक उडान बन्द हुँदै आएको छ ।

सरकारी सञ्चारमाध्यमले एक अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, “एकैसाथ गरिएको आक्रमणले दुई विमानस्थलको अवतरणका लागि छुट्ट्याइएको धावनमार्गमा क्षति पुर्‍याएको छ ।”

गाजाको सीमा पार गरी शनिबार सयौं हमासका बन्दुकधारीले इजरायलमा प्रवेश गरी एक हजार २०० जनाको हत्या गरेपछि हमास र इजरायलबीच छैटौं दिन भीषण गोली हानाहान भएको हो ।

इजरायली आक्रमणपछि सिरियाका दुई मुख्य विमानस्थलमा सेवा अवरूद्ध

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलको भ्रमण गरेको र इरानी राष्ट्रपति इब्राहिम राइसीले आफ्ना सिरियाली समकक्षी बसर अल असदसँग टेलिफोन वार्ता गरी अरब र इस्लामी मुलुकहरूलाई इजरायलको सामना गर्न सहयोग गर्न आह्वान गरेको केही घण्टापछि नै यी घटनाहरू भएका हुन् ।

सिरियाली सरकारी सञ्चार माध्यमले उद्धृत गरेको सैन्य स्रोतले उक्त आक्रमणलाई गाजामा हमाससँगको द्वन्द्वबाट ध्यान मोड्न इजरायलले गरेको ‘प्रयास’ को संज्ञा दिएको छ ।

सिरियामा एक दशकभन्दा बढी समयदेखि चलेको युद्धका क्रममा इजरायलले आफ्नो उत्तरी छिमेकी मुलुकमाथि सयौं हवाई आक्रमण गरेको छ, जसमा मुख्यतः इरान समर्थित सेना र लेबनानी हिजबुल्लाहका लडाकूका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ ।

इजरायलले सिरियामा गरेको आक्रमणबारे विरलै टिप्पणी गर्ने गरेको छ, तर उसले असदको सरकारलाई समर्थन गर्ने आफ्नो कट्टर शत्रु इरानलाई त्यहाँ आफ्नो पदचिन्ह विस्तार गर्न नदिने बताउँदै आएको छ ।

हमासलाई समर्थन गर्ने इरानले शनिबार इजरायलमाथि हमासले गरेको आक्रमणको प्रसंशा गरेको छ । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रतिनिधिसभा बैठकबाट पानी जहाज विधेयक सर्वसम्मतिले स्वीकृत
२०८२ श्रावण ७, बुधबार