श्रावण ८, २०८२ बिहिबार July 24, 2025

मध्यपूर्वको शान्तिका लागि ‘प्रभाव’ प्रयोग गर्न चीनलाई अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनलाई मध्यपूर्वमा शान्ति कायम गर्न आफ्नो ‘प्रभाव’ प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरका अनुसार साउदी अरबको भ्रमणमा रहेका अमेरिकी उच्च कूटनीतिज्ञले चिनियाँ विदेशमन्त्री वाङ यीसँग एक घण्टा लामो टेलिफोन वार्ता गर्नुभएको छ ।

“द्वन्द्व फैलनबाट रोक्नु सबैको साझा हितमा हुन्छ,” ब्लिन्केनको रियादबाट अबुधाबीका लागि उडेको विमानमा पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो ।

आफूहरूले मध्यपूर्वमा शान्तिका लागि काम गरिरहेको उहाँले बताउनुभयो ।

“चीनले आफ्नो प्रभाव प्रयोग गर्नसके यो उपयोगी हुन सक्छ भन्ने हो,” बिदेशमन्त्री ब्लिन्केनलाई उद्धृत गर्दै मिलरले भन्नुभयो ।

बिदेशमन्त्री ब्लिन्केनले भन्नुभयो, “चीनको इरानसँग न्यानो सम्बन्ध छ, चीनको नेतृत्वले एक हप्ता अघि इजरायलभित्र भयानक आक्रमण गरेको गाजामा शासन गर्ने प्यालेस्टिनी इस्लामी समूह हमास, हिजबुल्लाह, लेबनानी शिया मिलिशियालगायतसँग मध्यस्थता गर्न सहज हुनेछ ।”

यसैबीच, चिनियाँ विदेश मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “संयुक्त राज्य अमेरिकाले रचनात्मक र जिम्मेवार भूमिका खेल्नुपर्छ र जतिसक्दो चाँडो राजनीतिक समाधानका लागि मुद्दालाई सही दिशामा लैजानुपर्छ ।”

“अन्तर्राष्ट्रिय विवादसम्बन्धी मुद्दाहरूको सामना गर्दा, प्रमुख देशहरूले तटस्थता र निष्पक्षताको पालना गर्नुपर्दछ, शान्ति र संयम कायम राख्नुपर्छ, र अन्तर्राष्ट्रिय कानूनको पालनाका आधारमा नेतृत्व लिनुपर्छ,” वाङले भन्नुभयो ।

उक्त अवसरमा चिनियाँ विदेशमन्त्री वाङले बेइजिङले ‘व्यापक सहमतिको पहुँचलाई बढावा दिन जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय शान्ति बैठक आयोजना गर्न’ आह्वान गरेको बताउनुभयो ।

“प्यालेस्टिनी समस्याको आधारभूत निकास ‘दुई राज्य समाधान’ लागू गर्नु हो,” वाङले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकाले चीनलाई आफ्नो मुख्य वैश्विक चुनौतीको रूपमा हेर्छ तर दुई शक्तिहरूले उनीहरूको सम्बन्धलाई स्थिर बनाउन पहल गरिरहेका छन् ।

यसै सिलसिलामा ब्लिन्केनले जुनमा बेइजिङको दुर्लभ भ्रमण गर्नुभएको थियो । मिलरले मध्यपूर्व दुई शक्ति (चीन र अमेरिका) मिलेर काम गर्न सक्ने क्षेत्रको उदाहरण भएको बताउनुभयो । रासस,एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार