श्रावण ७, २०८२ बुधबार July 23, 2025

बाइडेनको कोलोराडो भ्रमण रद्द, इजरायल भ्रमणको सम्भावना बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार कोलोराडो भ्रमणको योजना अचानक रद्द गरेको ह्वाइट हाउसले जानकारी गराएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बाइडेनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल भ्रमणको निम्तो दिएको बताएका छन् ।

कोलोराडोमा ‘विन्ड टर्बाइन म्यानुफ्याक्चरर प्लान्ट’को अवलोकन गर्न गएका ८० वर्षीय बाइडेनले आर्थिक पुनरुत्थान र पर्यावरणसमर्थक सन्देशलाई आफ्नो २०२४ को पुनः निर्वाचन अभियानको केन्द्रमा राखेका छन् ।

ह्वाइट हाउसका अनुसार अन्तिम समयमा रद्द गरिएको भ्रमण पुनः निर्धारित हुनेछ । ह्वाइट हाउसले जारी गरेको एक संक्षिप्त वक्तव्यमा बाइडेन राष्ट्रिय सुरक्षा बैठकमा भाग लिन वासिङ्टनमै रहने उल्लेख गरिएको छ ।

किर्बीले बाइडेन इजरायल र हमासबीच के भइरहेको छ भन्नेमा केन्द्रित रहने बताएका छन् ।

एक्जिओस र सीएनएनलगायतका विभिन्न सञ्चारमाध्यमले अमेरिकी र इजरायली अधिकारीहरूले बाइडेनको सम्भावित इजरायल भ्रमणबारे छलफल गरिरहेको जनाएका छन् ।

अक्टोबर ६ मा गाजाबाट हमासले गरेको आक्रमणको बदलामा सयौं इजरायली नागरिकको ज्यान जाने गरी भएको आक्रमणको बदलामा बाइडेनले अमेरिकाको नजिकको सहयोगी इजरायललाई बलियो समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् ।

बाइडेनले फेब्रुअरीमा उच्च जोखिमयुक्त अर्को युद्धक्षेत्र युक्रेनको भ्रमण गरेका थिए । उनले अन्तिम पटक सन् २०२२ को जुलाईमा इजरायलको भ्रमण गरेका थिए । एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार