श्रावण ८, २०८२ बिहिबार July 24, 2025

इजराइल र हमासबीच युद्धविरामको रुसी प्रस्ताव सुरक्षा परिषदमा अस्वीकृत

युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत प्राप्त हुन नसकेपछि प्रस्ताव अस्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानवीय आधारमा इजराइल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ । युद्धविराम गर्ने रुसी प्रस्ताव पारित हुन आवश्यक न्यूनतम मत प्राप्त हुन नसकेपछि प्रस्ताव अस्वीकृत भएको हो ।

रुसले परिषदमा गाजामा मानवीय आधारमा युद्धविराम गर्नुपर्ने प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्तावको पक्षमा चीन, ग्याबोन, मोजाम्बिक, रुस र संयुक्त अरब इमिरेट्सले समर्थन गरेका थिए । सोमबार भएको मतदानमा संयुक्त अधिराज्य, अमेरिका, फ्रान्स र जापानले विपक्षमा मतदान गरेका थिए ।

इजराइलमाथि हमासले गरेको आक्रमणप्रति रुसी प्रस्तावले हमासको आलोचना नगरेको भन्दै फ्रान्स, अमेरिका र संयुक्त अधिराज्यले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । छ मुलुक अल्बानिया, ब्राजिल, इक्वेडर, घाना, माल्टा र स्विट्रल्यान्डले मतदानमा भाग लिएनन् । रुसी प्रस्ताव अघि बढ्नका लागि उक्त प्रस्तावको पक्षमा नौ मत आवश्यक थियो ।

संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले रुसले इजराइलमाथि हमासको आक्रमणलाई उपेक्षा गरेको र पीडितहरूको अपमान गरेको भन्दै अमेरिकाले रुसको प्रस्तावलाई समर्थन गर्न नसक्ने बताए ।

“हमासको आलोचना नगरेर रुसले आतङ्कवादी समूहलाई आश्रय दिइरहेको छ जसले निर्दोष सर्वसाधारणप्रति अत्याचार गरेको छ, यो अपमानजनक, कपटपूर्ण र अक्षम्य छ”, उनले भने । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
केपी कठोर, विद्या ‘पर्ख र हेर’
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार