श्रावण ८, २०८२ बिहिबार July 24, 2025

स्वदेश फर्किए निर्वासित पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निर्वाचनअघि राजनीतिक पुनरागमन गर्ने तयारीमा तीन पटक प्रधानमन्त्री बनेका नवाज शरिफ चार वर्षको स्वनिर्वासनपछि शनिबार पाकिस्तान फर्किएका छन् ।

सन् २०२४ मा हुन लागेको निर्वाचनअघि व्यापक सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको पाकिस्तानमा शरिफका प्रमुख प्रतिद्वन्द्वी अत्यन्त लोकप्रिय नेता इमरान खान अहिले जेलमा छन् ।

स्थानीय मिडियाका अनुसार विगत थुप्रै दिन दुबईमा बिताएका शरिफले पत्रकारहरूले भरिएको चार्टर्ड उडानमा स्थानीय समयअनुसार दिउँसो १ः३० बजे राजधानी इस्लामाबाद टेके ।

‘हामी पूर्णरूपमा निर्वाचनको तयारीमा छौँ’, आफ्नो उडान भर्नुअघि उनले पत्रकारहरूसँग भने, ‘जुन समृद्धिमा हाम्रो मुलुक हुनुपर्थ्यो, वास्तवमै पछाडि परेको छ, हामी यस्तो अवस्थामा कसरी आयौँ, यो किन आयो ?’

विश्लेषकहरूका अनुसार शरिफको स्वदेश फिर्तीमा शक्तिशाली सेनाको मध्यस्थता हुनसक्छ । गत वर्ष पदच्युत भएपछि सेना र इमरान खानको पार्टीबीच सम्बन्ध बिग्रियो ।

शरिफले इस्लामाबादपछि अर्को ठूलो सहर लाहोरको भ्रमण गर्नेछन् जहाँ हरियो र पहेँलो पार्टी पोस्टर र ब्यानर बोकेर समर्थकहरू उनको स्वागतका लागि जम्मा भइरहेका छन् ।

एक उच्च अधिकारीका अनुसार ग्रेटर इकबाल पार्कमा सम्भावित भीडलाई नियन्त्रण गर्न सात हजारभन्दा बढी प्रहरीलाई परिचालन गरिएको छ । उक्त पार्कमा शरिफले घर फिर्तीबारे सम्बोधन गर्ने कार्यक्रम छ ।

‘म यहाँ मेरो नेताको स्वागतका लागि आएको छु, महँगी अत्यन्त बढेको छ र गरिब जनता निराश छन्’, १८ वर्षीय राजी उल्लाहले भने, ‘अल्लाहले उहाँलाई स्वदेश फर्कन र परिस्थितिलाई बदल्न अवसर दिनुभएको छ, उहाँले पहिला पनि यस्तो गरिसक्नुभएको छ ।’ एएफपी

स्वदेश फर्किए निर्वासित पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार