श्रावण ८, २०८२ बिहिबार July 24, 2025

उत्तर पश्चिम पाकिस्तानमा सैन्य कारबाहीमा मारिए चार आतङ्ककारी

मारिएका आतङ्ककारीहरू निर्दोष नागरिकको हत्यामा संलग्न रहेको सेनाको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमााडौंः पाकिस्तानी सेनाले शुक्रबार उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले चार आतङ्ककारीलाई मारेको र अर्का एक जना घाइते बनाएको बताएको छ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले विज्ञप्ति जारी गर्दै सुरक्षा बलले प्रान्तको लक्की मारवर जिल्लामा सो कारबाही गरेको थियो।

अपरेशनका क्रममा सेना र आतङ्ककारीहरू बीच गोली हानाहान भएको र ती आतङ्ककारी मारिएको बताइएको छ।

मारिएका आतङ्ककारीहरू सुरक्षा बलविरुद्ध विभिन्न किसिमका आतङ्ककारी गतिविधिका साथै निर्दोष नागरिकको हत्यामा संलग्न रहेको सेनाको दाबी छ।

कारबाहीका क्रममा आतङ्ककारीहरूबाट ठूलो मात्रामा हातहतियार, उपकरण र विस्फोटक पदार्थ समेत बरामद भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू-१७ साफ च्याम्पियनसिप : ३५ खेलाडी बन्द प्रशिक्षणमा
२०८२ श्रावण ८, बिहिबार
बोनमटीको निर्णायक गोलमा स्पेन युरो २०२५ को फाइनलमा, इंग्ल्यान्डसँग उपाधि भिडन्त
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक साहमाथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै अस्पताल बन्द, बिरामी मारमा
२०८२ श्रावण ८, बिहिबार
आजको मौसम : यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
२०८२ श्रावण ८, बिहिबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
२०८२ श्रावण ८, बिहिबार
मुलुकमा सबै कम्युनिष्ट एकीकृत हुनुपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण ८, बिहिबार
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार