श्रावण ८, २०८२ बिहिबार July 24, 2025

महाराष्ट्रमा प्रशिक्षण विमान दुर्घटना, दुई जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पश्चिमी भारतको महाराष्ट्र राज्यमा आइतबार प्रशिक्षण विमान दुर्घटना हुँदा एक जना प्रशिक्षार्थी चालक र एक प्रशिक्षक चालक घाइते भएका छन् ।

महाराष्ट्रको राजधानी मुम्बईबाट २४५ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे जिल्लाको गोजुबावी गाउँ नजिकैको निजी उड्डयन एकेडेमीको प्रशिक्षण विमान दुर्घटना भएको हो ।

‘रेडबर्ड फ्लाइट ट्रेनिङ एकेडेमीसँग सम्बन्धित प्रशिक्षण विमान आज गोजुबावी गाउँ नजिकै दुर्घटनाग्रस्त भयो। दुर्घटनामा, एकजना प्रशिक्षार्थी चालक र अर्का प्रशिक्षक घाइते भए,’ प्रहरी अधिकारीले बताएका छन् ।

उनीहरू दुवैलाई नजिकैको अस्पतालमा लगिएको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ।

बिहीबार पनि सोही तालिम एकेडेमीको अर्को प्रशिक्षण विमान पुणेको कटफल गाउँ नजिकै यस्तै प्रशिक्षणका क्रममा दुर्घटना भएको थियो । सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया