श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

हमासले बन्धक बनाएका दुई महिला रिहा

गाजामा हमासद्वारा बन्धक बनाएका दुई महिला कतार र इजिप्टको मध्यस्थतामा रिहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः हमासले इजिप्ट र कतारी कूटनीतिक पहलपछि बन्धक बनाएका दुई महिलालाई रिहा गरेको छ ।‘मानवीय कारण र कमजोर स्वास्थ्य आधार’का कारण रिहा गरिएको जनाएको छ।

प्यालेस्टिनी समूह र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)काअनुसार गाजामा हमासद्वारा बन्धक बनाएका दुई महिलालाई रिहा गरिएको छ। हमासको सशस्त्र शाखाका प्रवक्ताले कतार र इजिप्टको मध्यस्थतामा दुई बन्दीलाई रिहा गरिएको बताए ।

सोमबार एक विज्ञप्ति मार्फत प्रवक्ता अबु ओबेदाले समूहको टेलिग्राम च्यानलमा बन्दीहरूलाई ‘मानवीय कारण र कमजोर स्वास्थ्य आधार’ को लागि रिहा गरिएको उल्लेख गरेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले लेखेका छन् ।

दुई बन्धकहरू, ८५ वर्षीय योचेभ लिफसिट्ज र ७९ वर्षीया नुरिट कुपरको रिहाइ आईसीआरसीले पनि पुष्टि गरेको छ।

इजरायलले २ जना बन्धक लिन अस्वीकार गरेको हमासको भनाइ थियो । इजरायलले यसलाई प्रोपोगान्डा भनेको थियो । तर अहिले इजरायलले दुई महिला रिहा भएको पुष्टी गरेको बीबीसीले लेखेको छ । रिहा भएका दुई महिलाका श्रीमान्‍हरु भने अझै बन्धक छन् । हमासले अहिलेसम्म ४ जना बन्धकलाई रिहा गरेको छ ।

हमासले कम्तीमा १९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा इजरायली र दोहोरो नागरिक सहित २०० भन्दा बढी मानिसहरूलाई कब्जामा लिएको थियो।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा बन्दी बनाएका सबैलाई बिना शर्त रिहा गर्न माग गरेका छन् । मानवअधिकारवादी समूह, अन्तर्राष्ट्रिय संघसंस्था र बन्दी बनाइएका व्यक्तिका परिवारले पनि उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया