भाद्र ४, २०८३ बिहिबार August 20, 2026

मणिपुरमा ३१ अक्टोबरसम्म मोबाइल इन्टरनेट सेवा बन्द

राज्यमा बसोबास गर्ने कुकी र मेइती समुदायबिच पाँच महिनादेखि चलेको हिंसाका बिच इन्टरनेट सेवा ठप्प

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मणिपुर सरकारले राज्यमा मोबाइल इन्टरनेटमाथिको प्रतिबन्ध अक्टोबर ३१ सम्म लम्ब्याएको छ । यो कदम मुख्यमन्त्री एन वीरेन सिंहको बयानपछि आएको हो जसमा उनले सरकारले केही दिनमा प्रतिबन्ध फिर्ता लिने बताएका थिए।

जारी गरिएको सरकारी सूचनामा भनिएको छ, ‘केही असामाजिक तत्त्वहरूले सामाजिक सञ्जाललाई व्यापक रूपमा घृणित भाषणहरू र जनभावना भड्काउने छविहरू र भिडियोहरू फैलाउन व्यापक रूपमा प्रयोग गर्न सक्ने आशङ्काका कारण प्रतिबन्ध लम्ब्याइएको छ।’

मणिपुरमा मे ४ देखि लगातार हिंसा भइरहेको छ । राज्यमा बसोबास गर्ने कुकी र मेइती समुदायबिच पाँच महिनादेखि चलेको हिंसाका बिच इन्टरनेट सेवा ठप्प छ।

बिचमा केही दिन इन्टरनेट सेवा सुचारु भएको थियो तर प्रतिबन्ध फुकुवा भएपछि फेरि हिंसा चर्कियो । यसैलाई ध्यानमा राख्दै प्रदेश सरकारले फेरि इन्टरनेट सेवा बन्द गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया