भाद्र २, २०८३ मंगलबार August 18, 2026

अब ट्वीटरमा पनि अडिओ तथा भिडिओ कलिङ फिचर, यसरी गर्नुहोस् प्रयोग

नयाँ फिचरसँगै प्रयोगकर्ताले अब अडिओ तथा भिडिओ कल गर्न र यस्ता कल प्राप्त गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ट्वीटरका रूपमा परिचित एक्सले गत वर्ष घोषणा गरेको अडिओ तथा भिडिओ कलको फिचर उपलब्ध हुन थालेको छ । एक्सलाई सुपरएप बनाउने लक्ष्यका साथ बुधवारदेखि कम्पनीले यस्तो फिचर उपलब्ध गराउन थालेको हो ।

हाल एप्पलकाे एपस्टोरमा उपलब्ध एक्सको नयाँ अपडेटमार्फत मात्र यो फिचर प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड र वेब भर्सनमा यो सुविधा कहिलेदेखि उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले खुलाएको छैन ।

यो नयाँ फिचरसँगै प्रयोगकर्ताले अब अडिओ तथा भिडिओ कल गर्न र यस्ता कल प्राप्त गर्न सक्नेछन् । यो फिचरलाई डीएम अर्थात डाइरेक्ट मेसेजिङमै उपलब्ध गराइएको छ । जसरी मेसेन्जर, ह्वाट्सएप तथा इन्स्टाग्राम मेसेज गर्ने सुविधाका साथै भिडिओ र अडिओ कल गर्ने अप्सन हुन्छ, एक्सले पनि आफ्नो प्लेटफर्ममा त्यसरी नै अडिओ र भिडिओ कलको अप्सन उपलब्ध गराउन थालेको हो ।

आईओएस डिभाइसका लागि कम्पनीले एक्समा आईओएस कलकिट एपीआई इन्ट्रिगेट गरेकाले लक स्क्रिनमा पनि कल आएको देख्न सकिने बताइएको छ । यद्यपि एक्समा मानिसहरू आफ्ना विचार राख्न र पोस्टमार्फत नै अरूका विचारमा सहमति वा असहमति जनाउँन रुचाउँछन् ।

अनावश्यक र अपरिचित व्यक्तिले डीएम गर्नाले नै धेरैलाई उक्त प्लेटफर्ममा भएको अडिओ र भिडिओ कलको सुविधा मन नपर्न सक्छ । यदि तपाईंको डिभाइसमा पनि अडिओ तथा भिडिओ कलको सुविधा उपलब्ध भयो भने तलको प्रक्रिया अपनाएर बन्द गर्न सक्नुहुन्छ ।

-सबैभन्दा पहिले एक्स एप खोल्नुहोस् ।

– अनि, माथि बायाँपट्टि रहेको आफ्नो प्रोफाइल पिक्चरमा ट्याप गर्नुहोस् ।

– यति गरेपछि ‘सेटिङ एन्ड प्राइभेसी’को अप्सनमा ट्याप गर्नहोस् ।

‍- त्यसपछि ‘प्राइभेसी एन्ड सेफ्टी’को मेन्युमा ट्याप गर्नुहोस् ।

– अनि डाइरेक्ट मेसेजिङको अप्सनमा जानुहोस् । ‍

– र, अडिओ एन्ड भिडिओ कलको अप्सनलाई आफ्नो आवश्यकता अनुसार विभिन्न अप्सन छान्नुहोस् ।

त्यहाँ तपाईंले आफ्नो एड्रेस बुकमा भएका व्यक्ति, आफूले फलो गरेका अकाउन्ट वा भेरिफाइड अकाउन्टबाट मात्र कल पाउने अप्सन छनोट गर्न सक्नुहुन्छ ।

यदि कोहीबाट पनि अडिओ तथा भिडिओ कल नआओस् भन्ने चाहनु हुन्न भने ‘इनेबल अडिओ एन्ड भिडिओ कलिङ’को अप्सनलाई अफ गर्नुहोस् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार