काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबार संघिय संसदलाई सम्बोधन गर्ने भएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम, संसदमा पेश गरिएको बजेट लगायतका विविध विषयमा बोल्ने नेकपा उच्च स्रोतको दावी छ।
प्रधानमन्त्री ओलीले बुधबार बिहान ११ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै नेपाल सरकार मन्त्रिपरिषद बैठक बस्ने बताइएको छ।
भोलि बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको आगामी मोडालिटीका बारेमा उच्चस्तरिय समन्वय समितिले गरेको सिफारिसलाइ मध्यनजर गरी निर्णय गर्ने तयारी रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया