वैशाख १५, २०८१ शनिबार April 27, 2024

आजबाट संसद् अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संसद सुरु भएको १ सय ३५ दिनपछि बिहीबारबाट अन्तय भएको छ । संघीय संसद्को दोस्रो अधिवेशन बिहीबार राति १२ बजेदेखि समापन भएको छ ।

अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई हिजोसम्म १३५ दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ ।

यसबीच ६९ दिनमा ७९ पटक बैठक बसी १९३ घण्टा २५ मिनेट संसदीय काम कारवाही भयो । गत जेठ ७ गतेदेखि असार ८ गतेसम्म संसद्को संयुक्त बैठक चार पटक बस्यो ।

संयुक्त अधिवेशनमा छ घण्टा ५० मिनेट संसदीय कारवाही भयो ।पहिलो अधिवेशनमा गठित नियमावली मस्यौदा समितिले गत वैशाख २३ गते प्रस्तुत गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि दफावार छलफल भई संशोधनसहित जेठ २५ गतेको बैठकबाट बहुमतले पारित भएको थियो ।

वैशाख २६ गते ‘आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश भएको थियो । यसमाथि वैशाख २७, ३० र ३१ गते छलफल भयो । चासोका रुपमा हेरिएको “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५”अन्ततः सदनमा पेश भएन ।

यसअघि सरकारले प्रा डा गोविन्द केसीसँग ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को चालु अधिवेशनबाट पारित गर्ने सम्झौता गरेको थियो । प्रा डा केसीले संघीय संसद् बैठकमा सो विधेयक पेश नभए आफू पुनः अनशन बस्ने बताउँदै आउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आइपिएल : मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित
२०८१ वैशाख १६, आइतबार
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
२०८१ वैशाख १५, शनिबार
उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाले दिए धन्यवाद
२०८१ वैशाख १५, शनिबार
अन्तर व्यवस्थापिका भेलामा सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी
२०८१ वैशाख १५, शनिबार
‘विश्वविद्यालयहरूले अनुसन्धनात्मक शिक्षालाई प्राथमिकता दिनुपर्छ’
२०८१ वैशाख १५, शनिबार
संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार : पूर्ण बस्नेत
२०८१ वैशाख १५, शनिबार
इलाम र बझाङको उपनिर्वाचन उत्साहपूर्ण : निर्वाचन आयोग
२०८१ वैशाख १५, शनिबार