काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषदको बैठक आज बस्दैछ । अपरान्ह बस्ने बैठकले लकडाउन खुकुलो बनाउँदै जनजीवन सामान्य बनाउने गरी मोडालिटीलाई अन्तिम रुप दिने तयारी छ ।
हिजो बस्ने भनिएको मन्त्रिपरिषद बैठक साँझ स्थगित भएको थियो ।
लकडाउनको आज ८०औं दिन हो । सर्वसाधारण र व्यवसायीहरुले लकडाउन उल्लंघन गर्न थालेका छन् । कोरोना संक्रमितको संख्या भने ४ हजार नाघेको छ ।
संक्रमितको संख्या बढेसँगै सरकार लकडाउन लम्व्याउने पक्षमा छ । तर, बढी संक्रमित रहेको स्थानमा कडाई गर्ने र संक्रमित संख्या न्यून भएका ठाउँहरुमा खुकुलो बनाउँदै जनजीवन सामान्य बनाउने तयारीमा सरकार छ ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ र सरोकारवालासित परामर्श गर्दै लकडाउनको मोडालिटी तयार पारेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया