श्रावण ३, २०८२ शनिबार July 19, 2025

सूचना आदान–प्रदानको शैली फेरियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ वादुकका गोपाल खड्काथोकीले विदेशमा रहेका आफन्तदेखि छिमेकीलाई भिडियो कलबाट सूचना आदान–प्रदान र कुराकानी गर्न थालेका छन् । सोही गाउँका ६० वर्षीय चुकबहादुर शेरपुञ्जाले पनि एनड्रोइड फोन र इन्टरनेटको सुविधा भएपछि सूचना आदान–प्रदानको परम्परागत शैली परिवर्तन गरेका छन् ।

“गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न (चिच्याउन) लगाउने चलन थियो”, वादुकको श्रीकृष्ण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका शेरपुञ्जाले भने, “अहिले फेसबुकको ग्रुप र पेजमा सूचना राख्ने गरिएको छ ।”

इन्टरनेट भएपछि सस्तो र सजिलोरूपमा देश–विदेशमा रहेका आफन्त, साथीभाइसँग कुराकानी र सूचना आदान–प्रदान गर्न पाएको खड्काथोकीले बताए । “हामी सानो हुँदा विदेशबाट म घर आउँदैछु भनेर चिठ्ठी पठाउने व्यक्ति एक महिनामा चिठ्ठीभन्दा पहिले घर आइपुग्ने अवस्था थियो”, उनले भने, “अहिले विश्वको जुनकुनै ठाउँमा भएकालाई पनि भिडियो कलमा अनुहार हेरेर कुराकानी गर्न पाइएको छ ।”

वादुकका बासिन्दाले सामूहिकरूपमा सबै घरमा इन्टरनेट जडान गरी प्रविधिमैत्री गाउँ बनाउने अभियान चलाएपछि सूचना आदान–प्रदानको शैली फेरिएको हो । स्वदेश तथा विदेशमा रहेका वादुकवासीले करिब रु आठ लाख जुटाएर इच्छुक ५० वटा घरमा इन्टरनेट जडान गरिएको स्थानीय लोकेन्द्र गर्बुजाले बताए ।

“वादुकका दुई–तीनवटा बाहेक सबै घरमा सामूहिकरूपमा इन्टरनेट जडान भएको छ”, उनले भने, “अर्मपर्म, भेला, बैठकदेखि विवाह, छेवारको निम्ता गर्न पनि फेसबुक च्याट ग्रुप र पेजलाई प्रयोग गरेका छौँ ।” वादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्नुहुने अर्जुन तिलिजाको अगुवाइमा ‘बेगखोला न्यूज’ नामको फेसबुक पेज सञ्चालन भएको छ ।

सो पेजमा बेगखोलामा हुने हरेक गतिविधिको सूचना राखिन्छ । कुनै विषयमा बहस र छलफल हुन्छ । विकास निर्माण र सामाजिक कामका लागि सुझाव सङ्कलन गर्न तथा भएका गतिविधिको प्रचार–प्रसार गर्न सोही फेसबुक पेजको प्रयोग गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए ।

वादुकमा इन्टरनेट जडानका लागि सङ्कलित रकममध्ये तार, राउटर र जडान खर्चबाट बचेको रु एक लाख ५० हजार कोषमा राखिएको छ । प्रतिघर रु दुई हजार आठ सय शुल्क तिरेर इन्टरनेट जडान गरेका थिए । मासिक रु सात सय ५० शुल्क उठाउने गरिएको वादुक इन्टरनेट अभियानका नगेन्द्र गर्बुजाले बताए ।

समाचारका लागि सञ्चारमाध्यमको अनलाइन, फेज र युट्युव च्यानलबाट समाचार सुन्ने, हेर्ने र पढ्ने गर्दछन् । युट्युवमा आफूलाई मन पर्ने गीत, चलचित्र हेरेर ज्येष्ठ नागरिकले रमाइलो गर्दछन् ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार