जेठ २३, २०८३ शनिबार June 6, 2026

बलिवुडका यी अभिनेत्री उमेर बढेर पनि किन छन् अविवाहित ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२८ जेठ, काठमाडौँ । बलिवुडका सेलिब्रेटीहरु फिल्मको कारणका साथै आफ्नो निजि कारणले पनि अत्याधिक चर्चामा रहने गर्दछन् ।
आफ्नो निजी परिवार, सम्बन्ध, पति पत्नीका कारणले पनि चर्चामा रहने गर्दछन । सेलिब्रेटीका अफ्येर्स विवाह र डिभोर्सका कारण उनीहरुको चर्चा अत्याधिक हुने गरेको पाइएको छ ।

यस रिपोर्टमा बलिवुडका अहिले सक्रिय रुपमा काम गरिरहेका केहि अभिनेत्री जो अहिलेसम्म अविवाहित छन् उनीहरुको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

यस सुचीमा अमिषा पटेल रहेकी छन । ४४ बर्षको उमेर भैसकेकी यी अभिनेत्री अहिलेसम्म पनि अविवाहित रहेकी छन् । लामो समयसम्म निर्माता निर्देशक विक्रम भट्टसँग अफ्येर्समा रहेकी अमिषाको भट्टसँग विवाह भने हुन् सकेन । कहो न प्यार है बाट बलिवुडमा डेभ्यु गरेकी अभिनेत्री अमिषा अहिले अभिनेत्रीबाट निर्मात्री बनेकी छन् ।

यस सुचिमा अर्की अभिनेत्री छन् तब्बु । उत्कृष्ट अभिनयका कारण सधै चर्चामा रहने तब्बु अहिले ४८ बर्षकी भएकी छन् । बेला बेलामा तब्बुको नाम विभिन्न अभिनेताहरुसँग जोडिएपनि त्यो विवाहको तहसम्म पुग्न सकेन ।

त्यस्तै अहिले बलिवुडमा अर्की अभिनेत्री कोयाना मित्रा अविवाहित रहेकी छन् । ३६ बर्षिय अभिनेत्री मित्रा अहिले बलिवुडमा त्यति सक्रिय भने छैनन् । उनी पछिल्लो पटक गत बर्ष रियालिटी टिभी शो बिग बोसमा देखिएकी छन् ।

त्यस्तै बलिवुडकी अर्की अविवाहित अभिनेत्री हुन् सुष्मिता सेन । सधै सुन्दरताको कारण चर्चामा आउने सुष्मिता पछिल्लो समय भने आफूभन्दा कम उमेरका युवासँग अफ्येर्समा रहेका कारण चर्चामा रहेकी छन् । ४४ बर्षकी अभिनेत्री सुष्मिताले २७ बर्षिय मोडल रोह्मान शालसँग अफ्येर्समा रहेकी छन् । सुष्मिताले दुई छोरीलाई धर्मपुत्रीको रुपमा राखेकी छन् ।

त्यस्तै भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री साक्षी तन्वर पनि ४७ बर्षको उमेरसम्म पनि अविवाहित रहेकी छन् । २०१८ मा एक छोरालाई धर्मपुत्र बनाएकी साक्षी अहिलेसम्म पनि विवाह बारे केहि जानकारी गराएकी छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार