श्रावण १८, २०८३ सोमबार August 3, 2026

जलवायु परिवर्तनले गरिब र सीमान्तकृत समुदाय प्रभावित : उपसभामुख चापागाईं

पछाडि पारिएका वर्गको कृषि उत्पादन र शिक्षा क्षेत्रमा पनि जलवायु परिवर्तनले उत्तिकै असर पारेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेश सभा उपसभामुख अप्सरा चापागाईंले जलवायु परिवर्तनले गरिब र सीमान्तकृत समुदायलाई बढी असर गरेको बताएकी छन् ।

बुधबार हेटौँडामा भएको जलवायु परिवर्तन सीमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व विषयक बागतमी प्रदेशस्तरीय सम्मेलनमा उपसभामुख चापागाईंले पछाडि पारिएका वर्गको कृषि उत्पादन र शिक्षा क्षेत्रमा पनि जलवायु परिवर्तनले उत्तिकै असर पारेको बताइन् ।

चितवन सक्रिय महिला प्रतिष्ठान, मकवानपुर महिला समूह, स्वाम नेपाल, युथ अभियानको संयुक्त आयोजना र एक्सन एडको सहयोगमा नेपालमा जलवायु परिवर्तनको असर तथा यसबाट परेको प्रभाव न्यूनीकरणमा राज्यले अपनाइरहेको अनुकूलनका उपाय तथा अबका दिनमा अपनाउनुपर्ने नीतिगत व्यवस्थाबारे छलफल गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा जलवायु परिवर्तन र अनुकूलनको लागि भएका नीतिगत व्यवस्था, अनुकूलनका कार्यक्रमसम्बन्धी सञ्चारमाध्यममा भइरहेका रिपोर्टिङका विषयमा अनुभव साटासाट तथा सीमान्तकृत समुदायले भोगिरहेका समस्या र पारेको प्रभावका विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य भारती पाठक, माडी नगरपालिका चितवनका प्रमुख ताराकाजी महतो, सामाजिक विकास मन्त्रालयका उपसचिव खुबीराम अधिकारी, गैसस महासङ्घ प्रदेश अध्यक्ष आरती पाठकलगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया