श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायक प्रमोद खरेलको ‘मनमा पर्‍यो चोट’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

स्वार्थ केन्द्रीत प्रेमको जालमा फसाएर एक युवतीले युवकको जीन्दगीमाथि गरेको खेलबाँडलाई भिडियोमा देख्न सकिन्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक प्रमोद खरेल स्वरवद्ध नयाँ गीति भिडियो ‘मनमा पर्‍यो चोट’ सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले प्रेमको लालचमा परेर धोका पाएको युवकको कथा बोल्छ ।

स्वार्थ केन्द्रीत प्रेमको जालमा फसाएर एक युवतीले युवकको जीन्दगीमाथि गरेको खेलबाँडलाई भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ ।

पछिल्लो समयमा युवा युवतिमा फस्टाउँदो नाटकीय प्रेम र त्यसले सम्वन्धित व्यक्तिको जीवनमा ल्याउने उतारचढावलाई निर्देशक गौरव गिरीले भिडियोमा चित्रण गरेका छन् । मोडलद्वय एलपी शर्मा र उषा उप्रेतीको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ ।

साथमा कलाकार भद्रजंग कुँवर समेत अभिनयमा रहँदा दिवसनाथ, रोहित देउवा, हेमन्त धामी, सञ्जु अधिकारी, सुसन्या लिली खड्कालाई पनि देख्न सकिन्छ ।

गौरव गिरी र एलपी शर्माको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका उदयिमान संगीतकार रोहित देउवाले संगीत भरेका छन् ।

एरेञ्जको काम विषम आचार्यको छ भने मिक्सिङ तथा मास्टरिङ सजन शाहको छ ।

बसन्त कुँवरले छायांकन गरेको भिडियोमा कालिञ्चोक आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ ।

सम्पादन बलभद्र कुँवरको रहँदा मेकअपमा सरस्वती श्रेष्ठ र प्रोडक्सन म्यानेजरमा दिनेश खड्का छन् ।

यसअघि सामाजिक कथावस्तु बोकेको ‘लिलू’मा देखिएका मोडल शर्मा त्यसपछि प्रेम भावको गीतमा पनि फिट देखिएका छन् । फरक विधाका कथावस्तुमा अभिनयमा रुची राख्ने शर्मा यथार्थपरक अभिनयमा आफ्नो ध्यान रहने बताउँछन् ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया