असोज २, २०८३ शुक्रबार September 18, 2026

सबै निकायबाट जारी भएका सवारी पास आज देखि रद्द, जोर बिजोरको पूर्ण पालना गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँ उपत्यका भित्र र अन्य जिल्ला भित्रका लागि जुनसुकै निकायबाट जारी गरिएका सवारी पासहरु मंगलबारदेखि रद्द भएका छन् । यात्राका लागि जोर विजोर प्रणालीको पूर्ण पालना गर्नु पर्ने सरकारले बताएको छ ।

काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने यथावत रहने गृह मन्त्रालयले जनाएको छ ।

मोटरसाइकल लगायत दुई पांग्रे सवारीमा पनि जोर विजोर प्रणाली लागु गरिएको छ । मोटरसाइकलमा एक जना मात्रै सवार हुन पाइने गृह मन्त्रालयले जनाएको छ ।

दुई जना सवार दुई पांग्रे सवारी साधनलाई प्रहरीले रोकेको छ । जोर दिनमा अन्तिमको अंक जोर र विजोर दिनमा अन्तिमको अंक बिजोर नम्बर भएका सवारी साधनहरु चल्न पाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्री तिमिल्सिनासँग कोरिया राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असोज २, शुक्रबार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
२०८३ असोज २, शुक्रबार
पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने
२०८३ असोज २, शुक्रबार
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज २, शुक्रबार
कांग्रेसको मुख हेर्ने कि रुख ? – प्रह्लाद रिजाल
२०८३ असोज २, शुक्रबार
‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’: मुख्यमन्त्री आचार्य
२०८३ असोज २, शुक्रबार
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
२०८३ असोज २, शुक्रबार