वैशाख १६, २०८१ आइतबार April 28, 2024

कम्युनिष्ट विचारधारा विश्वमा नै असफल भैसक्यो ः महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका सहमाहामन्त्री डा प्रकाशशरण महतले विश्वमा नै कम्युनिष्टविचारधारा असफल हुँदै गएको बताउनु भएको छ ।

नेपाल विद्यार्थी संघ ग्रामिण क्याम्पस सुदुरपश्चिम सम्र्पक समितिद्वारा बिजया दशमी,दिपावली तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमा उहाले यस्तो धारणा राख्नु भएको हो ।

उहाले जनतालाई नारा मात्रै दिएर यथास्थितिमा राख्ने कम्युनिष्टहरुको रणनीति रहेको भन्दैनेपालमा पनि जनता त्यहि नाराका पछि लागेकाले विगत निर्वाचनमा कम्युनिष्टहरुले पचासप्रतिशत भन्दा बढि मत ल्याएको बताउनुभयो ।

उहाले लोकतन्त्र र समृद्धिका लागि नेपालीकांग्रेसले मात्रै नेतृत्व गर्न सक्ने भन्दै त्यसका लागि कांग्रेसले निर्वाचन जित्नु अनिवार्य भएकोबताउनुभयो ।

पूर्व मन्त्री समेत रहेका नेता महतले अबको निर्वाचनमा कांग्रेसले बहुमतल्याउने दावी समेत गर्नुभयो ।

उहाले नेपालको द्वन्द्वपुर्ण राजनीतिलाई कांग्रेसले नैसमाधानको बाटोमा ल्याएको भन्दै जनताले त्यसलाई बिर्सेर झुटा नारमा लागेको आरोपसमेत लगानुस भयो ।

उहाले कांग्रेसले गरेका काम र गर्ने कामलाई लिएर विद्यार्थीहरुजनतामा जानुपर्नेमा जोड दिँदै त्यसका लागि विद्यार्थीको नेताले नै विद्यार्थी राजनीति गर्नुपर्नेमाजोड दिनुभयो ।

उहाले विद्यार्थीहरुलाई कम्युनिष्टहरुको नाराको पछि नलाग्न सुझाव दिँदैमुलुकको लोकतान्त्रिक पार्टी कांग्रेसलाई रोज्न आग्ह समेत गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया