असार २४, २०८२ मंगलबार July 8, 2025

गृह मन्त्रालयको एसएमएस सर्भिस ह्याक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृह मन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवामा अनधिकृत व्यक्तिले पुहँच पुर्‍याएका छन् । बुधबार गृहको एसएमएस सेवाबाट अनधिकृत रुपमा भारत–चीन सीमा विवादबारे एसएमएस प्रवाह भएको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार यो एसएमएस मन्त्रालयका सबै कर्मचारीलाई गएको थियो । ‘हाम्रो नियमित सूचना एमओएचए नामबाट म्यासेज पठाएर प्रवाह गरिन्छ’, ती अधिकारीले भने, ‘त्यसैमा भारतको पक्षमा एसएमएस आएको छ ।’

मन्त्रालयका सह–सचिव एवं प्रवक्ता केदारनाथ शर्माले बुधबार दिउँसो करिब दुई बजे मन्त्रालयको एसएमएस प्रणालीमा ह्याकरले अनधिकृत रुपमा पहुँच पुर्‍याएको बताएका छन । उनले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नभएका पनि स्पष्ट पारेका छन ।

उनले भनेका छन्, ‘यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान कार्य सुरु गरिएको छ । उक्त सूचनाको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’

स्रोतका अनुसार अहिले प्रकरणमा प्रहरीको साइबर ब्युुरोले अनुसन्धान गरिरहेको छ । यसअघि नेपाल–भारत सीमा विवाद चर्चामा आएपछि दुई मुलुकका ह्याकरबीच वेवसाइट ह्याक गर्ने प्रतिष्पर्धा चलेको थियो । यद्यपि, दुवै समूह पछिल्लो समय मौन प्रायः थिए ।

उनीहरुको गतिविधिबारे साइबर ब्युरोलाई खबर भए पनि अनुसन्धान टुंगोमा पुग्न सकेन । जसका कारण यस्ता घटना बारम्बार सार्वजनिक हुने गरेका छन् । साइबर विज्ञहरुले साइबर सुरक्षा प्रणाली मजबुद नहुँदा ह्याकरले सहजै अनाधिकृत पहुँच बनाउँदै आएको बताउने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार