असोज २, २०८३ शुक्रबार September 18, 2026

गृह मन्त्रालयको एसएमएस सर्भिस ह्याक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गृह मन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवामा अनधिकृत व्यक्तिले पुहँच पुर्‍याएका छन् । बुधबार गृहको एसएमएस सेवाबाट अनधिकृत रुपमा भारत–चीन सीमा विवादबारे एसएमएस प्रवाह भएको हो ।

मन्त्रालयका एक अधिकारीका अनुसार यो एसएमएस मन्त्रालयका सबै कर्मचारीलाई गएको थियो । ‘हाम्रो नियमित सूचना एमओएचए नामबाट म्यासेज पठाएर प्रवाह गरिन्छ’, ती अधिकारीले भने, ‘त्यसैमा भारतको पक्षमा एसएमएस आएको छ ।’

मन्त्रालयका सह–सचिव एवं प्रवक्ता केदारनाथ शर्माले बुधबार दिउँसो करिब दुई बजे मन्त्रालयको एसएमएस प्रणालीमा ह्याकरले अनधिकृत रुपमा पहुँच पुर्‍याएको बताएका छन । उनले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नभएका पनि स्पष्ट पारेका छन ।

उनले भनेका छन्, ‘यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान कार्य सुरु गरिएको छ । उक्त सूचनाको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’

स्रोतका अनुसार अहिले प्रकरणमा प्रहरीको साइबर ब्युुरोले अनुसन्धान गरिरहेको छ । यसअघि नेपाल–भारत सीमा विवाद चर्चामा आएपछि दुई मुलुकका ह्याकरबीच वेवसाइट ह्याक गर्ने प्रतिष्पर्धा चलेको थियो । यद्यपि, दुवै समूह पछिल्लो समय मौन प्रायः थिए ।

उनीहरुको गतिविधिबारे साइबर ब्युरोलाई खबर भए पनि अनुसन्धान टुंगोमा पुग्न सकेन । जसका कारण यस्ता घटना बारम्बार सार्वजनिक हुने गरेका छन् । साइबर विज्ञहरुले साइबर सुरक्षा प्रणाली मजबुद नहुँदा ह्याकरले सहजै अनाधिकृत पहुँच बनाउँदै आएको बताउने गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चारमन्त्री तिमिल्सिनासँग कोरिया राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ असोज २, शुक्रबार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
२०८३ असोज २, शुक्रबार
पूर्व मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले सक्रिय राजनीतिबाट विश्राम लिने
२०८३ असोज २, शुक्रबार
तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज २, शुक्रबार
कांग्रेसको मुख हेर्ने कि रुख ? – प्रह्लाद रिजाल
२०८३ असोज २, शुक्रबार
‘संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’: मुख्यमन्त्री आचार्य
२०८३ असोज २, शुक्रबार
विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
२०८३ असोज २, शुक्रबार