कार्तिक ११, २०८३ बुधबार October 28, 2026

ऋतिक रोशनको फाइटर ओटिटीमा देखिदैँ, १५० करोडमा भयो बिक्री

ओटीटीमा फाइटरको रिलीजको लागि प्रशंसकहरू उत्सुकतापूर्वक पर्खिरहेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्वइ, १५ फागुन । ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म फाइटर २५ जनवरीमा हलमा रिलिज भएको थियो ।

यो फिल्म रिलिज हुनेबित्तिकै बक्स अफिसमा हिट भयो । फाइटरमा ऋतिक र दीपिकाले उत्कृष्ट एक्सन गरेका छन् । मानिसहरुले हवाई एक्शनलाई निकै रुचाएका छन् । जसका कारण राम्रो आम्दानी गर्न सकेको छ ।

ऋतिक र दीपिकाको जोडीले पनि आगो लगाएको छ । बक्स अफिसमा धमाका कमाएपछि यो फिल्म अब ओटीटीमा रिलिज हुने तयारीमा छ । फिल्मको ओटीटी अधिकार पनि बिक्री भइसकेको छ ।

ओटीटीमा फाइटरको रिलीजको लागि प्रशंसकहरू उत्सुकतापूर्वक पर्खिरहेका छन्। यो फिल्म कुनै समय ओटीटी मा रिलिज हुनेछ। नेटफ्लिक्सले फिल्मको डिजिटल अधिकार खरिद गरेको छ । नेटफ्लिक्सले फिल्मका लागि ठूलो रकम दिएको छ । रिपोर्टहरू विश्वास गर्ने हो भने, नेटफ्लिक्सले ऋतिक रोशन र दीपिका पादुकोणको फाइटरको ओटीटी अधिकार १५० करोडमा किनेको छ।

अहिले फिल्मको रिलिज मिति भने घोषणा गरिएको छैन । नियम अनुसार कुनै पनि फिल्म बक्स अफिसमा रिलिज भएको ४ हप्तापछि मात्र ओटीटी प्लेटफर्ममा रिलिज गर्न सकिन्छ। फाइटर रिलिज भएको एक महिना भयो । अब यो फिल्म चाँडै ओटीटीमा प्रवेश गर्नेछ।

फाइटरको कुरा गर्ने हो भने यसलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । फिल्ममा ऋतिक र दीपिकासँगै अनिल कपूर, करण सिंह ग्रोवर र अक्षय ओबेरोयको पनि महत्वपूर्ण भूमिका रहेको छ । यो फिल्मले भारतको २०० करोड क्लबमा सामेल भई विश्वभर ३०० करोड कमाएको छ । फाइटरबाट जनताले अपेक्षा गरेजति संकलन गर्न सकेको छैन । समीक्षकहरूले फिल्मको प्रशंसा गरे पनि मानिसहरूबाट मिश्रित प्रतिक्रिया पाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार