कार्तिक ११, २०८३ बुधबार October 28, 2026

युनिभर्सल प्रमाणपत्र पाएको ‘महाजात्रा’ सबै दर्शकले हेर्न पाउने

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत..

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः यसवर्षको प्रतिक्षित फिल्म ‘महाजात्रा’ सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने भएका छन्।

केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यु’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिएको छ। अर्थात् चैत ९ गतेदेखि नेपालसहित विश्भर एकसाथ प्रदर्शन हुने फिल्म सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउनेछन्। फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले फिल्मले मनोरञ्जनसँगै संदेश दिने भएकाले यो सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको बताए।

‘हामीलाई आइडिया फुरेपछि त्यसलाई जात्राकै सेटअपमा तीन पात्रमार्फत व्यक्त गर्दा न्यायपूर्ण हुने लागेर यसमा राखिएको हो। यसमा राजनीति जोडिएको छ तर फिल्म त्यसमा केन्द्रीत भने छैन। यो जात्राकै सेटअपमा तयार भएको फिल्म हो’, निर्देशक भट्टराईले भने।

आफूले भन्नु पर्ने राष्ट्रिय विषय भएकाले त्यसलाई जात्रामार्फत व्यक्त गर्न लागेको बताउदै निर्देशक भट्टराईले तीन पात्र बाहेक नयाँ कलाकार र परिवेश रहेको बताए।

‘यसमा फडिन्द्र, मुन्ना र जोएशसँगै नयाँ अनुहारले नयाँ परिवेशलाई भित्राएका छन्। फिल्म हेरेपछि उस्तै कथा वा परिवेशलाई लिएर उठिरहेको प्रश्नको जफाव पाउनु हुनेछ भन्नेमा विश्वस्त छु। जात्रा शृङ्खलाकै निरन्तरता भएकाले त्यसमा जोडेका हौँ’, निर्देशक भट्टराईले भने। अभिनेतासँगै कार्यकारी निर्माता रहेका रवीन्द्रसिंह बानियाँले फिल्म बजार र दर्शकलाई हेरेर तयार गरिएको बताए।

‘हामीले जात्रा शृंखलाको लिगेसीलाई बढाउने गरी महाजात्रा तयार गरेका छौं। यसमा हरिवंश दाइ जोडिनु भएकाले महाजात्रा भएको छ। फिल्मले सामाजिक दायित्व र दर्शकलाई मनोरञ्जन दिने दुवै दायित्वलाई निर्वाह गरेको छ’, अभिनेता बानियाँले भने।

अभिनेता हरिवंश आचार्यले आफू ‘जात्रा’ मार्फत नै गायकको रुपमा शृङ्खलामा जोडिएको बताउदै यसपटक भूमिकामै रहेको जानकारी दिए। उनले निर्देशक भट्टराई र षटकोण आर्ट्सले निर्माण गर्ने फिल्म प्रति आफू ढुक्क भएर काम गर्न सक्ने वातावरण रहेको बताए।

‘अहिले महाजात्रा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको सन्दर्भ नेपाली फिल्मकै लागि गौरवको विषय बनेको छ। किनकि यो भव्य रुपमा प्रदर्शन हुँदै गरेको आभास सार्वजानिक पोस्टरले दिएको छ। अहिले नेपालीले मात्र हेरिरहेको फिल्म विस्तारै विदेशी दर्शकले पनि हेर्ने दिन आउनेछ। त्यो स्थानमा पुर्‍याउन महाजात्रा पनि एक खुड्किलो हो’, अभिनेता आचार्यले भने।

फिल्ममा अभिनेता आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन्। नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश पनि प्रवाह गर्ने उनले बताए।

उनले भने,‘नकारात्मक कार्य वा गतिविधि गर्न हुँदैन भन्ने यसले मनोरञ्जनात्मक शैलीमा ज्ञान समेत दिन्छ। यही कारण पनि म यस भूमिकालाई निर्वाह गर्न सहमत भएको हुँ।’

फिल्म ‘जात्रा’ मार्फत मुन्नाको रुपमा दर्शकसँग साक्षात्कार गरेका रवीन्द्र झा अहिलेका व्यस्त कलाकार हुन्। प्राय निर्माता तथा निर्देशक उनलाई स–साना भूमिकामा अभिनय गराउन तत्पर छन्। तर, उनलाई फिल्ममा स्थापित गराउने ‘जात्रा’ शृङ्खलामा उनको भूमिका सशक्त छ। ‘मुन्ना सोझो व्यक्ति हो। तर, उसको जिम्मेवारीले उसलाई प्रलोभनमा पर्न उत्प्रेरित गर्छ । मधेशबाट काठमाडौँ आएको मुन्नाको आवश्यकता बढ्दै गएपछि उसले साथीहरूसँग विविध काममा सहकार्य गरेको हो’, अभिनेता झाले भने।

सुन र पैसा देखेर भाग्ने मुन्नालाई आवश्यकता र परिस्थितिले गडबड गर्न बाध्य बनाएपनि उसले कसैको हत्या वा नोक्सानी गर्ने नियत नभएको उनले बताए । यसपटक ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’ रमाइलोसँगै संदेश मुलक बनेको उनले बताए।

‘फिल्मले अघिल्ला शृङ्खला भन्दा बढी रमाइलो दिन्छ नै साथै यसले संदेश पनि दिन्छ। गम्भीर विषयवस्तुलाई निर्देशक भट्टराईले फिल्मी शैलीमा रमाइलो किसिमले प्रस्तुत गर्नुभएको छ। यो फिल्ममा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ’, अभिनेता झाले भने,‘मेरो भूमिकाले धेरै कुरालाई इङ्गित गरेको छ। मधेशबाट आएको पात्रले कसरी काठमाडौंमा संघर्ष गरिरहेको छ भन्ने यसमा देख्न सकिन्छ।’

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म चैत ९ मा नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुँदैछ।

नेपाल र भारत बाहेकको प्रदर्शन र वितरणको अधिकार खरिद गरेको एमएसएम इन्टरटेन्मेन्टस्का अनुसार संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ।

यो फिल्म मार्च २८ देखि साउदी अरेबियामा प्रदर्शन हुँदैछ। पहिलोपटक कुनै नेपाली फिल्म साउदी अरेबियामा प्रदर्शन हुन् लागेको हो। यस्तै फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा गरिरहेको प्रचारप्रसारले नेपालसँगै विदेशमा समेत दर्शकलाई फिल्मप्रति चाख बढाएको छ।

नेपाल भ्रमणका क्रममा फिल्म ‘महाजात्रा’ ले मजदुरदेखि मेयर हर्क साम्पाङसम्म, रिक्सा, बस, सफारीदेखि रत्नपार्कको पुलसम्म प्रचार सामग्री राखेको छ। नेपालमा यस किसिमको भव्य प्रचारप्रसार कमै फिल्मको हुने गरेको छ ।

क्रिकेट लाइभदेखि अनलाइन विज्ञापन गरिरहेको फिल्मले नेपालसँगै विश्वव्यापी विष्फोटक व्यापार गर्ने अनुमान गरिएको छ। फिल्मका कलाकारसँगै कार्यकारी निर्माता समेत रहेका अभिनेता बानियाँले नेपाली फिल्मको बजार बढाउन प्रचारप्रसारमा कम्जुस्याई गर्न नहुने बताए।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ।

फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार