कार्तिक ११, २०८३ बुधबार October 28, 2026

ऋतिक रोशनको सुपरहिरो थ्रिलर फिल्म क्रिस-४ को तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बइ, १४ चैत । ऋतिक रोशनको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु भएको छ ।

यस फ्रेन्चाइजीका पछिल्ला तीन फिल्म, कोई मिल गया, क्रिस र क्रिस ३ सुपरहिट थिए, जसलाई फिल्म निर्माता राकेश रोशनले निर्देशन र निर्माण गरेका थिए। अब रिपोर्टहरू विश्वास गर्ने हो भने राकेश रोशनले यो फ्रेन्चाइजको चौथो फिल्मको तयारी सुरु गरिसकेका छन्, जुन अन्तिम चरणमा छ।

हालैको मिड–डे रिपोर्टका अनुसार ऋतिक रोशनले आफ्ना बुबा राकेश रोशनसँग मिलेर यस गर्मीमा कन्सेप्ट, स्क्रिप्ट र अन्य सेगमेन्टमा काम गर्न थाल्ने भएका छन्। अहिले ऋतिक आफ्नो आगामी फिल्म वार–२ को सुटिङमा व्यस्त छन् । चलचित्रको छायांकन सकिए लगत्तै उनी कृष– ४ को तयारीमा लाग्ने छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिक र राकेश रोशनले यसै वर्ष आइडिया र स्क्रिप्टिङ गर्ने तयारी गरिरहेको बताएको छ । त्यसपछि दुवैले अर्को वर्ष यसको सुटिङ सुरु गर्नेछन् । फ्रेन्चाइजको चौथो फिल्मका लागि अहिले विभिन्न स्क्रिप्ट र आइडिया तयार भइसकेको छ । अब तिनीहरूले सही कथा र विचार छनोट गर्नुपर्छ।

क्रिश फ्रेन्चाइजी २००३ को फिल्म कोई मिल गया बाट सुरु भएको थियो, जसमा प्रीति जिन्टा, ऋतिक रोशन, रेखाले महत्वपूर्ण भूमिका खेलेका थिए। तीन वर्ष पछि फिल्मको स्पिन अफ सिक्वेन्स कृष रिलिज भयो। जसमा कृषको परिचय भयो । यस फिल्ममा ऋतिकले रोहित र कृष्ण (कृष) को दोहोरो भूमिका निभाएका थिए ।

७ वर्षपछि २०१३ मा कृष फ्रेन्चाइजीको तेस्रो फिल्म ‘कृष ३’ रिलिज भयो । अब ११ वर्षपछि कृष–४ को तयारी सुरु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार