असार २९, २०८२ आइतबार July 13, 2025

सूक्ष्म अध्ययन गरी रणनीति तयार गर्नुस्-प्रधानसेनापति थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकले कोभिड- १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यमा सङ्गठनको भूमिकाको गम्भीर समीक्षा गरेको छ ।

बैठकमा जङ्गी अड्डा मातहतका कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफनो जिम्मेवारी क्षेत्रमा कोभिड- १९ ले खडा गरेको सुरक्षा चुनौतीबारेमा गहन र विस्तृत ढङ्गबाट प्रस्तुतीकरण भएको थियो ।

मुलुकको समग्र सुरक्षाको स्थितिका विषयमा समीक्षा गरिएको उक्त बैठकमा भविष्यमा आउनसक्ने परिस्थितिजन्य विषय र चुनौतिकाबारे पनि गहन छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

दुईदिनसम्म चलेको बैठक समापनका अवसरमा आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षा वातावरणले राष्ट्रिय सुरक्षामा पार्ने प्रतिकूल असरको सूक्ष्म अध्ययन र विश्लेषण गरी  विकसित परिस्थितिमा स्पष्ट अवधारणा, रणनीति र कार्ययोजना तयार गर्न निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदा झैँ प्रतिबद्ध छ ।” पद्धति र प्रणालीमा आधारित सङ्गठन निर्माणमा सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर काम गर्न निर्देशन दिँदँ प्रधानसेनापति थापाले साङ्गठानिक हित र राष्ट्रिय स्वार्थका लागि अविचलित भएर कर्तव्यपथमा लाग्न सुझाव दिनुभयो ।

बैठकमा पिएसओज, आठवटै पृतनापतिलगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यकाभित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरूको सहभागी हुनुहुन्थ्यो ।  (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार