कार्तिक ११, २०८३ बुधबार October 28, 2026

अजय देवगनका कारण कुमारी छिन तब्बु

अजय र तब्बुले एकअर्कालाई कहिल्यै डेट गरेनन् किनभने उनीहरू असल साथी बन्न पाउँदा खुसी थिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, १८ चैत । चलचित्र क्रु २९ मार्चमा हलमा रिलिज भएको थियो ।

यस फिल्ममा करिना कपुर, तब्बु र कृति सेनन एयर होस्टेसको भूमिकामा छन् । पुरै फिल्म यी तीनको वरिपरि घुमेको छ । फिल्मले पहिलो दिन विश्वभर बक्स अफिसमा करिब २० करोडको कलेक्सन गरेको छ ।

योसँगै अभिनेत्री तब्बुको कामको पनि निकै तारिफ भइरहेको छ । तब्बु करिना र कृति दुवैभन्दा जेठो भए पनि उनी कुमारी हुन् । यसबारे अभिनेत्रीले धेरै वर्षअघि केही भनेकी थिइन् ।

केही वर्षअघि तब्बु अजय देवगनसँग  ‘द कपिल शर्मा शो’ मा आएकी थिइन् । त्यही क्रममा कपिलले उनीसँग बिहे नगर्नुको कारण सोध्दा अभिनेत्रीले यसको पछाडिको रोचक कथा सुनाइन् । यो कथा अजय देवगनसँग सम्बन्धित छ किनभने तब्बु र अजय कलेजका साथी हुन् । उनीहरुले सँगै धेरै फिल्म पनि गरेका छन्, जुन सफल पनि भएका छन् ।

जब कपिल शर्माले तब्बुलाई सोधे, ‘तिमी यति सुन्दर र प्रतिभाशाली छौ, तब तिम्रो जीवनमा अहिलेसम्म किन कोही आएन ? किन बिहे नगरेको ? यो कुरामा तब्बुले अजय देवगनतर्फ औंल्याएर भनिन्,  ‘उसलाई सोध ।’

अभिनेत्रीले थप भनिन्, ‘जब कुनै केटा मलाई कलेजमा प्रपोज गर्न आउँथ्यो, अजयले उसलाई म तिम्रो लायक छैन भनी भगाउँथे । त्यसपछि समय बित्दै जाँदा बिहे गर्ने सोचको अन्त्य भयो ।’

तर, अभिनेत्रीले हाँस्दै यसो भनिन् । मिडिया रिपोर्टका अनुसार अजय र तब्बुले एकअर्कालाई कहिल्यै डेट गरेनन् किनभने उनीहरू असल साथी बन्न पाउँदा खुसी थिए। धेरै रिपोर्टमा तब्बु कुनै समय साउथ अभिनेता नागार्जुनसँग प्रेममा थिइन् भन्ने पनि बताउँछन् । तर, अभिनेत्रीले यसबारे खुलेर  अझै केही पनि भनेकी छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार