असार २, २०८३ मंगलबार June 16, 2026

यस्ता छन् दुनियाँका केही रोचक तथ्यहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यो संसार अनेक खालका रहस्यहरुले भरिपूर्ण छ । संसारकै सबै ठाउँ तथा घटनाहरुलाई आफ्नै आँखाले देखौँ र अनुभव गरौँ भन्ने चाहना सबैलाई हुन्छ । तर संसार यति ठूलो छ कि त्यस्तो मौका कसैलाई पनि प्राप्त हुँदैन । दुनियाँका कतिपय रोचक तथ्य तथा सन्दर्भहरु साँच्चिकै अनौठा छन्, जुन आफ्नै आँखाले नदेखेसम्म विश्वास नलाग्न पनि सक्दछ । यस्तै केही रोचक तथ्यहरु यस्ता छन्ः

  • विश्वमा सबैभन्दा लामो नाम भएको ठाउँ कुन हो ? धेरैलाई थाहा नहुनसक्छ । न्युजिल्याण्डमा एउटा यस्तो ठाउँ छ जसको नाम ८५ वटा अक्षरको छ । यो विश्वको सबैभन्दा लामो नाम भएको ठाउँ हो । यसको नाम ००० रहेको छ । यो न्युजिल्याण्डको हक बेस्थित पोराङगाहाउमा पर्ने एउटा पहाडको नाम हो । यसलाई छोटकरीमा टाउमाटा समेत भनिन्छ ।
  • न्यूजिल्याण्ड यस्तो देश हो जहाँ मानिसभन्दा भेँडाको संख्या धेरै छ । यदि भेँडाको संख्यालाई मानिसको जनसंख्यासँग तुलना गर्नेहो भने हरेक मानिसको भागमा ६ वटा भेँडा पर्न आउँछ ।
  • बुद्धिचाल अर्थात् चेस खेल सबैभनदा धेरै दिमागी कसरत गराउने खेल हो । यो खेलको आविष्कार छिमेकी मुलुक भारतमा भएको हो । मनोवैज्ञानिकहरुका अनुसार बुद्धिचाल खेल खेल्नाने बौद्धिक क्षमतामा सुधार आउनुका साथै जटिल प्रश्नहरुको समाधान गर्ने शक्ति पनि बढ्दछ । तपाईंलाई यो थाहा पाउँदा आश्चर्य लाग्न सक्दछ कि विश्वको अंग्रेजी भाषामा छापिएको दोश्रो किताब बुद्धिचाल खेलकै बारेमा थियो ।
  • विश्वमा हरेक सेकेण्ड ४ जना बच्चा जन्मिन्छन् । जस अनुसार एक मिनेटमा अढाई सय, एक घण्टामा १५ हजार तथा एक दिनमा ३ लाख ६० हजार बच्चा जन्मिन्छन् । तथ्यांकअनुसार एक वर्षमा विश्वमा १३ करोड १४ लाख बच्चा जन्मिने गरेका छन् ।
  • डल्फिनले पानीभित्र ५ देखि ८ मिनेटसम्म आफ्नो स्वास रोक्न सक्दछ । यतिमात्र होइन डल्फिन एउटा आँखा खुल्लै राखेरसमेत सुत्न सक्दछ ।
  • अष्ट्रिच चराको आँखाको आकार उसको मस्तिष्कभन्दा ठूलो हुन्छ । यो पृथ्वीको सबैभन्दा ठूलो चरा पनि हो । यो चरा ७० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्दछ ।
  •  विश्वमा दुईवटा यस्ता देशहरु छन् जहाँ तपाईंले कोकाकोला किन्न पाउनुहुन्न । हो, उत्तर कोरिया र क्युबामा कोकाकोला प्रतिबन्धित छ ।
  • इण्डोनेसियालाई होचाहरुको देश पनि भनिन्छ । इण्डोनेसियालीहरुको औसत उचाइ विश्वका अन्य देशका मानिसहरुको भन्दा कम छ । वयस्क इण्डोनेसियनको औसत उचाइ ५ फिट १.८ इन्च मात्र छ । जबकि बोलिभियनको औसत उचाइ ५ फिट २.४ इन्च छ । त्यस्तै नेदरल्याण्डमा सबैभन्दा अग्ला मानिसहरु बस्दछन् । डचहरुको औसत उचाइ ६ फिट छ ।
  • पृथ्वीमा अहिलेसम्म १ खर्ब ८ अर्ब मानिस जन्मिए । अहिलेको मानव प्रजाति आजभन्दा ५० हजार वर्ष पहिले पृथ्वीमा अस्तित्वमा आएयताको संख्या हो यो । त्यसको निकै सानो हिस्सा अर्थात् ७ अर्ब ८० करोड मात्र अहिले पृथ्वीमा जिवित छन् । यो संख्या कुल जन्मिएका मानिसको ७ प्रतिशत मात्र हो ।
  • विश्वमा आफ्नो झण्डामा वैजनी रङको प्रयोग गर्ने देश केवल दुईवटा मात्र छन् । ती देशको नाम निकारागुवा र डोमिनिका हो । जबकि त्रिकोणात्मक झण्डा भएको एकमात्र देश नेपाल हो ।
  • विश्वमा सबैभन्दा धेरै टापु भएको देश स्विडेन हो । स्विडेनमा २ लाख २१ हजार ८ सय टापु छन् । त्यसमध्ये केवल १ हजार टापुमा मात्र मानिसको बसोबास छ ।
  • विश्वमा अहिले ४३ देशमा मात्र राजतन्त्रात्मक व्यवस्था छ । जबकि राजपरिवारको संख्या जम्मा २८ छ । विश्वका विभिन्न देशले बेलायती राजपरिवारलाई आफ्नो राजपरिवार मान्दछन् ।

एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
२०८३ असार २, मंगलबार
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
२०८३ असार २, मंगलबार
टीकापुरमा भूमिपूजाको रौनक
२०८३ असार २, मंगलबार
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
२०८३ असार २, मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार