असार २, २०८३ मंगलबार June 16, 2026

कामदारले तलब माग्दा पाल्तु कुकुर फुकाएर लगाइदिएपछि…

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लकडाउनको समयमा सबै तिर आर्थिक मन्दी छ । कुनै पनि व्यवसायको आम्दानी छैन । काम गर्ने मानिसलाई तलब दिन मालिकहरुलाई समस्या भएको होला, तर आफूले काम लगाइसकेपछि मानिस यतिसम्म निर्कृष्ट हुन सक्छ भन्ने कल्पना पनि गर्न सकिँदैन । आफ्नो पसिनाको मूल्य माग्दा यहाँ एक कामदारले यतिसम्म भोग्नु परेको छ ।

छिमेकी राष्ट्र भारतको जोधपुरस्थित एक रेष्टुरेन्ट मालिकले काम गर्ने कामदारलाई काम गरेको महिनाको तलब माग्दा पाल्तु कुकुर फुकाएर लगाइदिएका छन् । कुकुरले टोकेर उनी गम्भीर घाइते समेत बने । सहरमा यस्तो घटना घटेपछि मालिक विरुद्ध प्रहरी चौकीमा उजुरी दर्ता भएको छ ।

रिपोर्टका अनुसार कामदार युवकले गएको महिनाको तलब मागेका थिए । तलब मागेका युवकलाई मालिकले आफूले पालेको कुकुर बोलाएर टोकाएका थिए । कुकुरको टोकाईबाट उनी गम्भीर घाइते भएका छन् । युवकले आफूलाई मालिकले कुकुरबाट टोकाएको भन्दै प्रहरीमा उजुरी दर्ता गरी कारवाही गर्न र तलब दिलाइदिन माग समेत गरे ।

स्थानीय प्रहरी चौकीका प्रमुख सुमेर दान चारणले पीडित कल्लाण सिंह नामका ती युवक आफैं प्रहरी चौकी आएर उजुरी दर्ता गराएका थिए । यस बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
२०८३ असार २, मंगलबार
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा एक हजार ९२८ जना विद्यार्थी दीक्षित हुँदै
२०८३ असार २, मंगलबार
टीकापुरमा भूमिपूजाको रौनक
२०८३ असार २, मंगलबार
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
२०८३ असार २, मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार