असार २३, २०८२ सोमबार July 7, 2025

कामदारले तलब माग्दा पाल्तु कुकुर फुकाएर लगाइदिएपछि…

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः लकडाउनको समयमा सबै तिर आर्थिक मन्दी छ । कुनै पनि व्यवसायको आम्दानी छैन । काम गर्ने मानिसलाई तलब दिन मालिकहरुलाई समस्या भएको होला, तर आफूले काम लगाइसकेपछि मानिस यतिसम्म निर्कृष्ट हुन सक्छ भन्ने कल्पना पनि गर्न सकिँदैन । आफ्नो पसिनाको मूल्य माग्दा यहाँ एक कामदारले यतिसम्म भोग्नु परेको छ ।

छिमेकी राष्ट्र भारतको जोधपुरस्थित एक रेष्टुरेन्ट मालिकले काम गर्ने कामदारलाई काम गरेको महिनाको तलब माग्दा पाल्तु कुकुर फुकाएर लगाइदिएका छन् । कुकुरले टोकेर उनी गम्भीर घाइते समेत बने । सहरमा यस्तो घटना घटेपछि मालिक विरुद्ध प्रहरी चौकीमा उजुरी दर्ता भएको छ ।

रिपोर्टका अनुसार कामदार युवकले गएको महिनाको तलब मागेका थिए । तलब मागेका युवकलाई मालिकले आफूले पालेको कुकुर बोलाएर टोकाएका थिए । कुकुरको टोकाईबाट उनी गम्भीर घाइते भएका छन् । युवकले आफूलाई मालिकले कुकुरबाट टोकाएको भन्दै प्रहरीमा उजुरी दर्ता गरी कारवाही गर्न र तलब दिलाइदिन माग समेत गरे ।

स्थानीय प्रहरी चौकीका प्रमुख सुमेर दान चारणले पीडित कल्लाण सिंह नामका ती युवक आफैं प्रहरी चौकी आएर उजुरी दर्ता गराएका थिए । यस बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार