असार २२, २०८२ आइतबार July 6, 2025

ज्वालासिंह समूहका ‘मोस्टवान्टेड’ यादव पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपालगञ्ज । बाँके प्रहरीले मोस्टवान्टेड राजेश यादव उर्फ धर्मा सिंहलाई पक्राउ गरेको छ ।

भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह)को कार्यकर्ता रहेका यादव ज्यान सम्बन्धी कसुर, अपहरण तथा शरीर बन्धक, हात हतियार खरखजाना, विष्फोटकलगायत नौ वटा मुद्दाका अभियुक्त हुन् ।

बाँके प्रहरीले मंगलबार बिहान तीन बजे यादवलाई तरबार, चक्कुसहित पक्राउ गरेको छ । लामो समयदेखि भारतमा बस्दै आएका यादवलाई प्रहरीले वनकट्टीबाटै पक्राउ गरेको जनाएको छ । यद्यपि, उनको पाँच वर्षयता अपराधको उजुरी नआएको प्रहरीले बताएको छ ।

बाँके प्रहरी प्रमुख एसपी ओम रानाका अनुसार, यादव संलग्न भएको नौ वटा मुद्दा परेका छन् । त्यसमध्येमा केहीको फैसला भएर अदालतले कैद र जरिवाना तोकेको छ ।

२०७० पुस १३ गते त्रिभुवनप्रसाद कुर्मीले दिएको अपहरण मुद्दामा अदालतले २०७१ फाल्गुन १७ गते चार वर्ष कैद र तीस हजार जरिवाना गरेको थियो ।

२०६८ चैत्र ६ गते गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विष्फोट गराएको मुद्दामा जिल्ला अदालतबात २०७२ माघ २८ गते ६ महिना कैद र पाँच हजार जरिवाना तोकिएको थियो ।

२०६८ मंसीर १४ गते भूमिसुधार कार्यालय, बाँकेमा बम विष्फोट मुद्दामा अदालतबाट २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवाना भएको थियो ।
२०६८ मंसीर १४ गते मालपोत कार्यालय, बाँकेमा बम विष्फोट गराएको घटनामा २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवाना भएको थियो ।

२०६८ माघ ४ गते होलियाका नन्ना यादवलाई गोली हानी हत्या गरेको, २०६५ जेठ २६ गते राजबहादुर सिंहलाई गोली हानी घाइते बनाएको, २०६६ भदौ २१ गते बसन्त मल्ललाई अपहरण गरी हत्या गरेको, २०६६ मंसीर १७ गते राकेशकुमार लोनिया हतियारसहित पक्राउ पर्दा फरार रहेको, २०६६ मंसीर १ गते राकेशकुमार लोनियासमेतको जाहेरवालालाई अपहरण गर्ने धम्की दिएको मुद्दामा यादव फरार थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार