कार्तिक ११, २०८३ बुधबार October 28, 2026

असन्तुष्ट इरानी निर्देशक मोहम्मदलाई आठ वर्षको जेल सजाय

सजायसँगै उनलाई जरिवाना, सम्पत्ति जफत गरेर कोर्रा मार्न पनि आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः असन्तुष्ट इरानी निर्देशक मोहम्मद रसूलोफलाई इरानी अदालतले आठ वर्षको जेल सजाय सुनाएको छ । जेल सजायसँगै उनलाई जरिवाना, सम्पत्ति जफत गरेर कोर्रा मार्न पनि आदेश दिएको छ ।

रसूलोफका वकिल बाबाक पकनियाले बुधबार एक्स(ट्वीटर)मा एक पोस्ट लेख्दै अदालतको आदेशबारे जानकारी दिएका छन् । पकनियाका अनुसार अदालतको फैसला इस्लामिक रिवोल्यूशन कोर्टको २९ औं शाखाद्वारा जारी गरिएको थियो र आइना कोर्ट अफ अपिल्सको ३६ शाखाले यसको पुष्टि गरेको थियो । पकनियाले अदालतले रसूलोफको सार्वजनिक अभिव्यक्ति, उनका फिल्म र वृत्तचित्रले देशको सुरक्षाविरुद्ध अपराध गर्ने उद्देश्य अनुरुप रहेको कारण जनाउँदै अदालतले आदेश दिएको बताए ।

रसूलोफलाई सजाय ‘कान फिल्म फेस्टिभल’ अगाडि नै सुनाइएको हो । यो फेस्टिभलमा उनको नयाँ फिचर फिल्म ‘सीड अफ द सेक्रेड फिग ट्री’को विश्व प्रिमियरका लागि तयारी गरिएको थियो । फेस्टिभल आयोजक इरानी अधिकारीले निर्देशकलाई फेस्टिभलका लागि फ्रान्सको यात्रा गर्ने अनुमति दिने आश्वस्त भइरहँदा अदालतले यो सजाय सुनाएको हो ।

रसूलोफ ईरानी फिल्म उद्योगमा तेहरानका कट्टर शासनको सबैभन्दा कडा आलोचकमध्ये एक हुन् । उनलाई सन् २०२२ जुलाईमा लोकप्रिय विरोध प्रदर्शनको सम्बन्धमा सुरक्षाबलसँग संयम अपनाउने माग गर्ने एक निवेदनमा हस्ताक्षर गरिएको आरोपमा पक्राउ गरिएको थियो ।

२०२३ को फेब्रुअरीमा उनलाई स्वास्थ्य अवस्थाका कारण अस्थायी रुपले रिहा गरिएको थियो । सोही समयदेखि उनी घरमै नजरबन्द थिए । गत वर्ष ‘कान्स’मा उनलाई आफ्नो अन सर्टेन रिगार्ड जुरीमा काम गर्नका लागि निमन्त्रणा गरिएको थियो । तर, उनलाई इरान सरकारले त्यहाँ जान अनुमति दिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार