कार्तिक ११, २०८३ बुधबार October 28, 2026

साउन १८ मा प्रदर्शन हुदै वर्षाको ‘मोदीबेनी’

लिखित सम्झौतापछि आगामी साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘मोदीबेनी’ भगवान् शिवको महिना भनेर चिनिने साउनमा प्रदर्शन हुने भएको छ ।

वितरक कम्पनी एफडी कम्पनी र रिच इन्टरटेनमेन्टसँग निर्माताको लिखित सम्झौतापछि आगामी साउन १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

शङ्कर कोइरालाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा वर्षाको जोडी भएर नव-अभिनेता अमन प्रताप श्रेष्ठ प्रस्तुत छन् । रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दीलिप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको पनि फिल्ममा अभिनय रहेको छ । रेजिनाले यो फिल्मबाट लगभग १२ वर्षपछि कमब्याक गरेकी हुन् ।

पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा फिल्म आधारित छ । आनन्द बिक्रम क्षेत्रीको लेखन रहेको फिल्मका सह-निर्माता हरि श्रेष्ठ हुन् । फिल्मको काभ्रे र मोदीबेनी क्षेत्रमा छायांकन गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार