असार २८, २०८२ शनिबार July 12, 2025

सुशान्तको पोस्टमार्टम रिपोर्टमा झुन्डिएर मृत्यु भएको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम पोस्टमार्टम रिपोर्ट मुम्बई प्रहरीले प्राप्त गरेको छ । खबरअनुसार अन्तिम पोस्टमार्टम रिपोर्ट पाँच डाक्टरले विश्लेषण गरेका थिए ।

रिपोर्टमा सुशान्तको मृत्यु ‘अस्पेसिया ड्यु टु ह्याङगिङ’ अर्थात् पासो लगाएका कारण श्वास फेर्न नसकेर मृत्यु भएको पुष्टि भएको छ ।

अब सुशान्तको विसेरा रिपोर्ट आउन बाँकी छ । कुनै व्यक्तिको मृत्युपश्चात् उसको शरीरको महत्त्वपूर्ण अंग लिएर गरिने जाँचलाई विसेरा परीक्षण भनिन्छ ।

सुशान्तको मृत्युपछि केहीले उनलाई घाँटी थिचेर मारिएको आरोप लगाएका थिए । तर अन्तिम पोस्टमार्टम रिपोर्टसम्म आउदा त्यस्तो देखिएन । (नवभारत टाइम्स)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया