श्रावण १९, २०८३ मंगलबार August 4, 2026

गायक संगम र गायीका कौशिलाको ‘आखुम आखुम’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफीमा प्रतिभावान गायक संगम लिम्बू तथा आशा लाग्दो गायीका कौशिला लिम्बूको आवाजमा सजिएको गीत ‘आखुम आखुम’ सार्वजनिक गरिएको छ ।

नयाँ क्रिएशन र नयाँपनका गीतहरु कोर्न माहिर संगम लिम्बूकै शब्द तथा चर्चीत संगीतकार तारा प्रकाश लिम्बूको संगीतमा सजिएको गीत ‘आखुम आखुम’ को भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

सुमन तामाङको छायांकन तथा ड्रोनमा कृष्ण सुबेदीको मेकअप, गोपाल दर्जीको सहायक छायांकन, निश्चल कुलुङ राईको आर्ट र अनिल रानाको सम्पादन रहेको भिडियोमा बिमला खजुम लिम्बू र आशिस लिम्बूको अभिनय रहेको छ ।

सविन लिम्बूको संगीत संयोजनमा अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन भएको गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया