भाद्र २८, २०८३ आइतबार September 13, 2026

अख्तियार विधेयक अघि नबढाउन कांग्रेस सभापति देउवा सकारात्मक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । निजी क्षेत्रलाई तर्साउने गरी आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक, २०७६ अघि नबढाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन्।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँगको भेटघाटका क्रममा सभापति देउवाले निजी क्षेत्रलाई तर्साउने विधेयक अघि नबढाउन आफ्नो सहमति हुने बताएका हुन् ।

देउवालाई भेट्न बुधबार बिहान महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, परिसंघका अध्यक्ष सतिशकुमार मोर, महासंघ उपाध्यक्ष किशोर प्रधानलगायतको टोली उनको निवास पुगेको थियो ।

भेटमा उद्योगी-व्यवसायीहरूले अख्तियार विधेयक सोही अवस्थामा पारित भए निजी क्षेत्रको मनोबल घट्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर गर्ने धारणा राखेका थिए ।

निजी क्षेत्रलाई नियमन गर्नका लागि हरेक मन्त्रालयमा कुनै न कुनै निकाय भएको भन्दै अख्तियारले आफ्नो उद्देश्यमा केन्द्रित भएर काम गर्नुपर्ने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार