श्रावण १९, २०८३ मंगलबार August 4, 2026

फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

फिल्ममा दयाहाङ राई र उनकी श्रीमतीको भूमिकामा पशुपति राईले अभिनय गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार सार्बजनिक ट्रेलरबाट गिल्मले पूर्वी नेपालको एउटा गाउँमा सडक र गाडी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असर बारे फिल्म बनेको बुझ्न सकिन्छ ।

यही जेठ २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा दयाहाङ राई र उनकी श्रीमतीको भूमिकामा पशुपति राईले अभिनय गरेकी छन् ।

यो फिल्मले विश्वका २० वटाभन्दा बढी प्रतिष्ठित फेस्टिभलमा सहभागिता जनाइसकेकोले विशेष चर्चा समेत रहेको छ ।

फिल्ममा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया