भाद्र ६, २०८३ शनिबार August 22, 2026

वर्ड फाइलमा भएका फोटो कसरी सेभ गर्ने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दैनिक रूपमा कम्प्युटरमा अभ्यस्त भइरहे पनि हामीलाई त्यसका कतिपय सामान्य कुराको जानकारी नहुन सक्छ । जसले गर्दा हामीले सामान्य काम गर्नलाई पनि गाह्रो प्रक्रिया अपनाइरहेका हुन सक्छौँ ।

आज हामी माइक्रोसफ्ट वर्डको त्यस्तो टिप्सको बारेमा चर्चा गर्दै छौं, जसका माध्यमबाट तपाईंले त्यहाँ भएका फोटो उच्च गुणस्तरमा सेभ गर्न सक्नुहुन्छ ।

विशेषगरी कुनै प्रोजेक्ट वा डकुमेन्टमा काम गर्नुपर्दा हामीले वर्ड फाइलमा काम गर्नुपर्ने हुन्छ । अझ कुनै संस्था वा कम्पनीले वर्ड फाइलमा प्रेस रिलिज पठाएको छ भने त त्यसबाट फोटो सेभ गर्नु आवश्यक हुन्छ ।

त्यस्तै तपाईंले वर्ड फाइलमा नै कसैलाई विभिन्न प्रोजेक्टका फोटो वर्ड फाइलमा पाउनु भएको हुनसक्छ । त्यस वर्ड फाइलमा रहेका फोटो जेपीईजी वा जेपीजी फर्म्याटमा सेभ गर्नु परेको हुनसक्छ ।

त्यसैले तपाईंले दैनिक जीवनका कतिपय काममा वर्ड फाइलमा भएका फोटो सेभ गर्नुपरेको हुनसक्छ । आज हामी वर्ड फाइलमा भएका फोटो कसरी सेभ गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।

त्यसका लागि सामान्य दुई प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले फोटो रहेको वर्ड फाइल खोल्नुहोस् ।
  • त्यसपछि माथि वायाँपट्टि छेउमा रहेको अफिस बटनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि सेभ एस (Save As) को अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि फाइल एक्सप्लोररको कुनै फोल्डरमा त्यो वर्ड खुल्छ ।
  • त्यहाँ तपाईंले सेभ एस टाइप (Save as type) मा वर्ड डकेमेन्ट पहिले नै छानिएको हुन्छ । त्यसमा गएर वेब पेज छान्नुहोस् ।
  • त्यसपछि फाइल सेभ गर्नुहोस् ।
  • कुन फोल्डरमा सो फाइल सेभ गर्नुभएको छ भन्ने ख्याल गर्नु आवश्यक हुन्छ ।
  • त्यसपछि फाइल एक्स्प्लोररमा गएर सो वेब पेज खोल्नुभयो भने ब्राउजरमा फाइल खुल्छ । यो लोकल सर्भरबाट चल्ने भएकाले इन्टरनेट कनेक्सन आवश्यक पर्दैन ।
  • त्यसपछि तपाईंले त्यहाँ आफूले सेभ गर्नु पर्ने फोटोमा राटइ क्लिक गरेर सेभ गर्न सक्नुहुन्छ ।

यसबाट सेभ हुने फोटोको गुणस्तर कम हुने भएकाले तपाईंले फोटो सेभ गर्न अर्को तरिका अपनाउन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले फोटो भएको वर्ड फाइलमा जानुहोस् ।
  • त्यसपछि फोटो सेलेक्ट गरी राइट क्लिक गर्नुहोस् ।
  • त्यसपछि कपीको अप्सनमा क्लिक गरी फोटो कपी गर्नुहोस् ।
  • त्यसपछि तपाईंले फोटोशप वा पेन्ट सफ्टवेयर खोलेर सो फोटो पेस्ट गर्नुहोस् ।
  • पेन्टमा सेभ गर्नका लागि फोटो कपी गरिसकेपछि पेन्ट एप्लिकेसन खोल्नुहोस् ।
  • त्यसपछि कन्ट्रोल+भी (Ctrl+V) दबाएर फोटो पेस्ट गर्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको सेभको आइकनमा क्लिक गर्नुहोस् ।
  • सेभ गर्दा त्यसको फर्म्याट जेपीजी छान्नुपर्ने हुन्छ ।
  • त्यसपछि उच्च गुणस्तरको फोटो सेभ गर्न सकिन्छ ।- टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार