श्रावण २, २०८२ शुक्रबार July 18, 2025

वर्ड फाइलमा भएका फोटो कसरी सेभ गर्ने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दैनिक रूपमा कम्प्युटरमा अभ्यस्त भइरहे पनि हामीलाई त्यसका कतिपय सामान्य कुराको जानकारी नहुन सक्छ । जसले गर्दा हामीले सामान्य काम गर्नलाई पनि गाह्रो प्रक्रिया अपनाइरहेका हुन सक्छौँ ।

आज हामी माइक्रोसफ्ट वर्डको त्यस्तो टिप्सको बारेमा चर्चा गर्दै छौं, जसका माध्यमबाट तपाईंले त्यहाँ भएका फोटो उच्च गुणस्तरमा सेभ गर्न सक्नुहुन्छ ।

विशेषगरी कुनै प्रोजेक्ट वा डकुमेन्टमा काम गर्नुपर्दा हामीले वर्ड फाइलमा काम गर्नुपर्ने हुन्छ । अझ कुनै संस्था वा कम्पनीले वर्ड फाइलमा प्रेस रिलिज पठाएको छ भने त त्यसबाट फोटो सेभ गर्नु आवश्यक हुन्छ ।

त्यस्तै तपाईंले वर्ड फाइलमा नै कसैलाई विभिन्न प्रोजेक्टका फोटो वर्ड फाइलमा पाउनु भएको हुनसक्छ । त्यस वर्ड फाइलमा रहेका फोटो जेपीईजी वा जेपीजी फर्म्याटमा सेभ गर्नु परेको हुनसक्छ ।

त्यसैले तपाईंले दैनिक जीवनका कतिपय काममा वर्ड फाइलमा भएका फोटो सेभ गर्नुपरेको हुनसक्छ । आज हामी वर्ड फाइलमा भएका फोटो कसरी सेभ गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।

त्यसका लागि सामान्य दुई प्रक्रिया अपनाउन सक्नुहुन्छ ।

  • सबैभन्दा पहिले फोटो रहेको वर्ड फाइल खोल्नुहोस् ।
  • त्यसपछि माथि वायाँपट्टि छेउमा रहेको अफिस बटनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि सेभ एस (Save As) को अप्सनमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि फाइल एक्सप्लोररको कुनै फोल्डरमा त्यो वर्ड खुल्छ ।
  • त्यहाँ तपाईंले सेभ एस टाइप (Save as type) मा वर्ड डकेमेन्ट पहिले नै छानिएको हुन्छ । त्यसमा गएर वेब पेज छान्नुहोस् ।
  • त्यसपछि फाइल सेभ गर्नुहोस् ।
  • कुन फोल्डरमा सो फाइल सेभ गर्नुभएको छ भन्ने ख्याल गर्नु आवश्यक हुन्छ ।
  • त्यसपछि फाइल एक्स्प्लोररमा गएर सो वेब पेज खोल्नुभयो भने ब्राउजरमा फाइल खुल्छ । यो लोकल सर्भरबाट चल्ने भएकाले इन्टरनेट कनेक्सन आवश्यक पर्दैन ।
  • त्यसपछि तपाईंले त्यहाँ आफूले सेभ गर्नु पर्ने फोटोमा राटइ क्लिक गरेर सेभ गर्न सक्नुहुन्छ ।

यसबाट सेभ हुने फोटोको गुणस्तर कम हुने भएकाले तपाईंले फोटो सेभ गर्न अर्को तरिका अपनाउन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले फोटो भएको वर्ड फाइलमा जानुहोस् ।
  • त्यसपछि फोटो सेलेक्ट गरी राइट क्लिक गर्नुहोस् ।
  • त्यसपछि कपीको अप्सनमा क्लिक गरी फोटो कपी गर्नुहोस् ।
  • त्यसपछि तपाईंले फोटोशप वा पेन्ट सफ्टवेयर खोलेर सो फोटो पेस्ट गर्नुहोस् ।
  • पेन्टमा सेभ गर्नका लागि फोटो कपी गरिसकेपछि पेन्ट एप्लिकेसन खोल्नुहोस् ।
  • त्यसपछि कन्ट्रोल+भी (Ctrl+V) दबाएर फोटो पेस्ट गर्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि रहेको सेभको आइकनमा क्लिक गर्नुहोस् ।
  • सेभ गर्दा त्यसको फर्म्याट जेपीजी छान्नुपर्ने हुन्छ ।
  • त्यसपछि उच्च गुणस्तरको फोटो सेभ गर्न सकिन्छ ।- टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार