असार २०, २०८२ शुक्रबार July 4, 2025

निजी विद्यालयलाई राहत प्याकेज ल्याउनुपर्छ : सांसद राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाकी सांसद विमला राई पौडेलले निजी विद्यालयहरू बचाउनका लागि सरकारले राहत प्याकेज ल्याउन माग गरेकी छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले निजी विद्यालय सञ्चालकहरूका लागि केही न केही राहत दिनुपर्ने बताएकी हुन् ।

शिक्षकहरूले चैत महिनाबाटै तलब नपाएको भन्दै सांसद राईले यस्तो माग गरेकी हुन् । सबै विद्यालय विगतमा कमाएको नाफाबाट स्टाफ धान्न सक्ने अवस्थामा नरहेको उनको भनाइ थियो । स्थानीय तहलाई वर्गीकरण गर्न दिएर सहुलियतपूर्ण व्याज लगायतको सुविधा दिनुपर्नेमा उनले जोड दिइन् ।

बैठकमा उनले भनिन्, ‘निजी विद्यालय सञ्चालकहरूका लागि राहत प्याकेज ल्याउन शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयको ध्याकर्षण गराउन चाहन्छु ।’ कोरोना भाइरसबाट सुरक्षित स्थानमा स्थानीय तहलाई विद्यालय सञ्चालन गर्ने अधिकार दिनुपर्ने उनको भनाइ थियो ।

बैठकमा सात मिनेट सम्बोधन गर्दा सांसद राईले लकडाउनले गर्दा रोजगारी गुमाएर शुल्क तिर्न नसक्ने अवस्थामा पुगेका अभिभावक र पढाइबाट वञ्चित भएका विद्यार्थीको पक्षमा भने एक शब्द उच्चारण गरिनन् । पुरै समय दशकौं नाफा कमाएर शिक्षक–कर्मचारीलाई तलब नदिने विद्यालय सञ्चालकको उनले पक्षपोषण गरेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार