कार्तिक ११, २०८३ बुधबार October 28, 2026

किरण र ममताले ल्याए तिमी सुस्तरी छेउ आइदेउन (भिडियो हेर्नुहोस्)

प्रेममा सफल भएका दुई जोडीको रमाइलो प्रेम कथालाई  कलात्मक तरिकाले वर्णन गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ११ जेठ । गायक किरण भुजेल र गायिका ममता गुरुङको स्वर रहेको तिमी सुस्तरी छेउ आइदेउन बोलको गीतको भिडियो  सार्वजनिक गरिएको छ।

नवीन श्रेष्ठको शब्द सिर्जना रहेको सार्वजनिक गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ। जसमा राहुल प्रधानको एरेन्ज रहेको छ। भिडियोले प्रेममा सफल भएका दुई जोडीको रमाइलो प्रेम कथालाई  कलात्मक तरिकाले वर्णन गरेको छ।

गीत क्लासिक फ्लेभरमा तयार पारिएको र आफ्ना अघिल्ला शृजना भन्दा यो शृजनामा अलक स्वाद सहित आएको संगीतकार श्रेष्ठ बताउँछन्। भन्छन् यो फरक शैलीको गीत मेरा सारा दर्शक र स्रोताहरुका लागि हो।

जिन्दगी आँफुले माया  गरेको मान्छेसँग  खुशी खुशी समय बिताउने सन्देश भिडियोले दिन्छ। जसमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको बेजोड अभिनय देख्न सकिन्छ। किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतको भिडियो निर्देशन केशवराज भट्टले गरेका हुन्।

निर्देशक भट्टकै कोरियोग्राफी रहेको तिमी सुस्तरी छेउ आइदेउनको छायांकन विशाल थापाले गरेका हुन् भने कलर र सम्पादन दिनसन शाहले गरेका हुन्।  भिडियो संगीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार