असार १७, २०८१ सोमबार July 1, 2024

नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लस एन्जलस, जेठ २० गते । नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ ।

यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती विस्फोट, बिग ब्याङ्ग, को ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको थियो ।

खगोलशास्त्रीहरूले ब्रह्माण्डको सुरुवात कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ्ग हो । यो ब्रह्माण्ड केवल एक बिन्दुको रूपमा सुरु भयो, त्यसपछि विस्तारित र अहिलेको रूपमा ठूलो रूपमा फैलिएको विचार हो र यो अझै पनि फैलिरहेको छ ।

पछिल्ला दुई वर्षमा, वैज्ञानिकहरूले वेबको प्रयोग गरी ‘कस्मिक डन’ को पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

यी आकाशगङ्गाहरूले ब्रह्माण्ड धेरै सानो हुँदा ग्यास, तारा र ब्ल्याक होलहरू परिवर्तन भएका तरिकाहरूमा महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्ने नासाले जनाएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लैजाने
२०८१ असार १७, सोमबार
गण्डकी प्रदेशसभाबाट बजेट पारित
२०८१ असार १७, सोमबार
भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह
२०८१ असार १७, सोमबार
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा
२०८१ असार १७, सोमबार
विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्ब बढीको सुन तस्करी
२०८१ असार १७, सोमबार
जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह
२०८१ असार १७, सोमबार
नेकपा एसको दशौं महाधिवेशन : झलनाथ खनालकाे नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन
२०८१ असार १७, सोमबार