असार १४, २०८१ शुक्रबार June 28, 2024

वलिउड अभिनेत्री कंगना लोकसभा सदस्यमा निर्वाचित

कांग्रेस उम्मेदवार विक्रमादित्य सिंह पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः बलिउड कलाकार कंगना रनौत भारतीय लोकसभा सदस्यमा निर्वाचित भएकी छन् ।

भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी कंगनाले कांग्रेस उम्मेदवार विक्रमादित्य सिंहलाई हराउँदै हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट चुनाव जितेकी हुन् ।

भारतीय निर्वाचन आयोगका अनुसार कंगनाले ७४ हजार ७ सय ५५ मतको अन्तरले सिंहलाई हराएकी हुन् । कंगनाले ५ लाख ३७ हजार २२ मत ल्याउँदा सिंहले ४ लाख ६२ हजार २ सय ६७ मत पाए । यसअघि यस क्षेत्रबाट सन् २०१९ मा भाजपा उम्मेदवार रामस्वरूप शर्माले चुनाव जितेका थिए ।

कंगना केही वर्षदेखि विवाद र चर्चामा रहँदै आएकी छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया