असार २४, २०८२ मंगलबार July 8, 2025

कान्तिपुर मिडिया गुप्रद्वारा कान्तिपुर र काठमाडौँ पोष्टबाहेक आफ्ना सबै प्रकाशनहरु बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कान्तिपुर मिडिया गुप्रले कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट बाहेक आफ्ना सबै प्रकाशनहरु बन्द गरेको छ । कान्तिपुर ग्रुपले ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिक बन्द गर्ने औपचारिक निर्णय गरेको हो ।

कोरोना कहरका कारण धान्न नसकिने आर्थिक स्थतिलाई कारण देखाउँदै कान्तिपुरले यी तीनवटै सहप्रकाशनहरु बन्द गर्ने निर्णण गरिएको जनाएको छ ।

‘तत्कालका लागि १० महिनासम्म यी तीनवटै प्रकाशनहरु बन्द गर्ने निर्णय भएको छ’, कान्तिपुर श्रोतले भन्यो ।

तर ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिकमा कार्यरत पत्रकारहरुको व्यवस्थापन के हुने भन्नेबारे कुनै जानकारी प्राप्त भएको छैन । श्रोतका अनुसार कान्तिपुर व्यवस्थापनले यसबारे केही निर्णय गरेको छैन । यी तीन प्रकाशनमा गरी करिब ५० पत्रकार कार्यरत छन्।

कान्तिपुर व्यवस्थापनले यो निर्णय लिनुअघि पत्रकार महासंघका पदाधिकारीसँग पनि छलफल गरेको बुझिएको छ ।

कोरोना रोकथामका लागि जारी लकडाउनकैबीच कान्तिपुरले सबै प्रकाशनहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । त्यसको एक हप्तापछि कान्तिपुर र काठमाडौँ पोष्ट प्रकाशन सुरु भए पनि अन्य प्रकाशनहरु सुचारु भएका थिएनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार