असार २६, २०८२ बिहिबार July 10, 2025

बारा लगायत तराईका तीन जिल्लामा सलह कीरा भेटियाे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  नेपालका तराई स्थित तीन जिल्लामा सलह कीरा प्रवेश गरेको देखिएको छ । तराईका सीमावर्ती ३ जिल्लामा उक्त कीरा प्रवेश गरेकाे किसानहरूले बताएका छन् । उक्त किरा हाल सर्लाही, बारा र पर्साका केही ठाउँमा शनिबार बिहान देखिएको हो।

कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका अनुसार कृषि केन्द्रको टोली छानबीनका लागि सलह लागेको ठाउँमा पुगेको छ । त्यहाँ सलह कीराको समूह देखिएपछि कृषि मन्त्रालयलाई जानकारी गराइएको स्रोतले जनाएको छ ।

यसअघि भारतमा सलह कीरा ठूलो समुहमा भित्रिए पनि नेपालमा यसको प्रवेश तत्काललाइ टरेको बताइएको थियो । तर शनिबार भारतीय भूमि हुँदै उक्त कीरा  बाराको डुमरवाना, पर्साको पर्सागढी र सर्लाहीको नलवपुर लगायतका क्षेत्रमा प्रवेश गरेको छ ।

नेपालमा के कति संख्यामा प्रवेश गरे र कुन प्रजातीको सलह हो भन्नेबारेमा अनुशन्धान गर्न विज्ञहरु समेत पठाइएको बताएको छ । भारतबाट विहान ८ बजेतीर प्रवेश गरेका ती सलहहरु रुखहरुमा बसेको बताइएको छ ।

यसैबिच सलहले पार्ने समस्या र नियन्त्रणबारे छलफल गर्न शनिबार दिउँसो मन्त्रालयले जुम मिटिङ डाकिएको छ। मन्त्रालय स्रोतले खबर प्राप्त भएको तर पुष्टि भने नभएको जनाएको छ ।

अफ्रिकी मुलुकबाट सुरु भएको यो सलह जातको फट्याङ्रा अरबियन देशहुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो । करोडौंको संख्यामा हुने यस किराको झुण्ड एकै दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढासम्म पुग्न सक्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया