कार्तिक ११, २०८३ बुधबार October 28, 2026

वरिष्ठ लोकगायक ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान, पाँच जना सञ्चारकर्मी सम्मानित

दरबार रोधी क्लबले जेठ ३२ देखि असार २ गतेसम्म तीन दिन वार्षिकोत्सव मनाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः दरबारमार्गको मायालु कम्प्लेक्सस्थित दरबार रोधी क्लबले १६ औं वार्षिकोत्सव मनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा वरिष्ठ लोक गायक कुमार बस्नेतलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ।

लामो समयदेखी लोक गायनको क्षेत्रमा बस्नेतले पुर्‍याएको योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए। ‘लोक गायक बस्नेतले समाजका विकृति, विसंगती, कु-संस्कारहरु लोकगीतमार्फत् उजागर गर्नु भएको छ,’ गिरीले भने।

लोकदोहोरी गायनको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै गायक बद्रि पंगेनी, कृष्ण आँशु र गायिका सुनिता दुलाललाई विशेष सम्मान प्रदान गरिएको छ। सञ्चारकर्मी ऋषि धमलालाई विशेष सम्मान प्रदान गरिएको छ।

दरबार रोधी क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा सर्जकहरुलाई सम्मान प्रदान गर्दै आएको छ। कला, मनोरञ्जन क्षेत्रमा कलम चलाउँने पाँच जना पत्रकारहरु यस पटक सम्मानित भएका छन्।

रातोपाटीका नरेन्द्र रौले, अनलाइनखबरका विष्णु शर्मा, सेतोपाटीका सुशिल नेपाल, नयाँ पत्रिका दैनिकका अन्वेषण अधिकारी, र मज्जाको टिभीका आयशा दाहाललाई सम्मानपत्र सहित पुरस्कृत गरिएको छ।

दरबार रोधी क्लबले जेठ ३२ देखि असार २ गतेसम्म तीन दिन वार्षिकोत्सव मनाउने निर्णय गरेको छ। कार्यक्रममा चर्चित गायक पशुपति शर्मा, दुर्गेश थापा, श्याम राना, टीका पुन, पुर्णकला विसी, करिष्मा ढकाल, रुबिना अधिकारी लगायत दर्जनौं कलाकार तथा मोडलको सहभागीता रहनेछ। दरबार रोधी क्लबका अध्यक्ष अशोक गिरीले रोधीको वार्षिकोत्सवलाई लोकदोहोरी संगीतको उत्सवका रुपमा मनाउने निर्णय गरेको बताए।

शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष तथा टप राजधानी दोहोरीका सञ्चालक प्रकाश कटुवाल, नगरकोट दोहोरी साँझका सञ्चालक बिनोद श्रेष्ठ, रात्रीकालिन मनोरञ्जन व्यवसायी संघका अध्यक्ष आशिष खड्का लगायतको उपस्थिीति रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार