कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायक भीम लिम्बूको नयाँ गीत ‘खुल्यो है खुल्यो’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

भिडियोमा लिम्बू समुदायको संस्कृति झल्काउनुका साथै युवापुस्ताको रोमान्टिक जीवनशैली देख्न पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। गायक भीम लिम्बू सेनेहाङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। केही समयअघि मात्र ‘मिन्जिमा ए’ बोलको पालम ल्याएका भीमले अहिले लोकशैलीको ‘खुल्यो है खुल्यो’ बोल गीतको भिडियो सार्वजनिक गरेका हुन्।

गायक भीम लिम्बूको अफिसियल युट्युब च्यानल ‘भीम लिम्बू’मार्फत सार्वजनिक गरिएको यस भिडियोलाई छायाँकन हङकङमा गरिएको हो।

हङकङलाई कर्मथलो बनाउँदै आएको निर्देशक युगल पोमूले निर्देशन गरेका यस भिडियोमा कृष्ण सेनेहाङ, विशाल सेनेहाङ, जेनिफर लिम्बू र रेश्मा साम्पाङ राईको अभिनय रहेको छ। निर्देशक पोमूले यस भिडियोलाई फेमिलियर शैलीमा तयार गरेका छन्।

प्रायः नृत्यपरक भिडियो निर्देशन गर्दै आएका पोमूले यस गीतको भिडियोलाई एउटै फ्लोरमा सक्ने प्रयास गरेका छन्। भिडियोमा लिम्बू समुदायको संस्कृति झल्काउनुका साथै युवापुस्ताको रोमान्टिक जीवनशैलीलाई चित्रण गर्न खोजिएको छ।

दर्शक तथा श्रोताले टपक्क टिप्न सक्ने लोकशैलीको यस गीतको संगीत चर्चित संगीतकार ताराप्रकाश लिम्बूले गरेका हुन् भने शब्दरचना बरिष्ठ गीतकार डा कृष्णहरि बरालको रहेको छ।

मज्जाको राईको छायाँकन र अनिलकुमार महर्जनको सम्पादन रहेको यस भिडियोका लागि डान्स कोरियोग्राफी सुक सामेखाम लिम्बूले गरेका हुन्।

गायक भीमले आफ्नो पछिल्लो यस गीतबाट निकै आशावादी रहेको बताए। विशेषगरी पूर्वेलीका गीतका लागि चर्चित भीमले भने, ‘यसअघिका गीतहरुभन्दा यो केही फरक छ। दर्शक तथा श्रोताले पनि त्यो पक्कै महशुुस गर्ने छन्।’

गायक भीमका ‘धानै नाचिन्छ’, ‘माया मेरो झुटो रे’, ‘हाते काटेर’, ‘फेसबुकैले’लगायतका गीत चर्चित छन्। हालैमात्र सार्वजनिक लिम्बू संस्कृतिमूलक पालम ‘मिन्जिमा ए’ पनि अहिले चर्चामा छ। यसैबेला भीम ‘खुल्यो है खुल्यो’ गीतको भिडियो लिएर आएका हुन्।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार