असोज २४, २०८३ शनिबार October 10, 2026

माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा टेलिकमको फोरजी सेवा

नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल टेलिकमले पर्यटकीय गन्तव्य माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोरजी मोबाइल सेवा विस्तार गरेको छ ।

कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।

यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टुजी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोरजी सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमले जनाएको छ ।

समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत नेपाल टेलिकमको फोरजी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास टेलिकमको रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुरानो बसको लापरबाहीले खोस्यो ५ जनाको ज्यान, माझठाना गाउँ शोकमा डुब्यो
२०८३ असोज २४, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी
२०८३ असोज २४, शनिबार
आज आश्विन कृष्ण औंसी: पितृ पक्ष अर्थात् सोह्र श्राद्ध समापन गरिँदै
२०८३ असोज २४, शनिबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक
२०८३ असोज २४, शनिबार
आजको मौसम : यी स्थानमा हुँदैछ भारी बर्षा र हिमपातको सम्भावना
२०८३ असोज २४, शनिबार
सशस्त्र प्रहरीका एआईजी दाहाल बर्खास्त
२०८३ असोज २३, शुक्रबार
कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा खत्री नियुक्त
२०८३ असोज २३, शुक्रबार