असोज ७, २०८३ बुधबार September 23, 2026

सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मको लागी सूचना टाँसेर स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ ।  आईतबार अपरान्ह तीन बजेका लागि बस्ने भनिएको बैठक अचालनक स्थगित भएको हो । सभामुखको आदेश बमोजिम प्रदेश सभा सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगितको जानकारी गराएको थियो । अर्को बैठक मंगलबार दिउँसो ३ बजे तोकिएको प्रदेशसभाका सचिव राम धामीले बताए ।

 प्रतिपक्ष दलले सरकारसँग छलफल नगरेकाले फेरि अवरोध भए बैठक बसे पनि परिणाम नआउने भएकाले बैठक स्थगित गर्नुपरेको सभामुख अर्जुनबहादुर थापाले बताए । सरकारसँग असहमति जनाउँदै प्रतिपक्ष काँग्रेसले दुई दिन सदन अवरोध गर्दै आएको छ ।

सरकारसँग प्रतिपक्षले छलफल गर्नुपर्ने र समस्या समाधान गर्नुपर्ने उनले बताए। प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि छलफल गर्न असार १० गते बोलाइएको छैठौं अधिवेशनको १९ औं बैठक प्रतिपक्षको अवरोधपछि स्थगित भएको थियो।

असार १२ गतेका लागि बोलाइएको बैठक समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले अवरोध जनाएपछि स्थगित भएको थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसद भरत खड्काले छलफल गर्ने विषयमा सरकारले चासो नै नदेखएको बताए। कोरोनालाई प्राथमिकतामा राखेर काम गर्न सरकारसँग माग राखिएको उनले बताए। क्वारेन्टिन व्यवस्थापन, कोरोना परीक्षण, उपचारमा सरकार गैरजिम्मेवार बनेको प्रतिपक्षको आरोप छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
२०८३ असोज ७, बुधबार
‘यम्वो द्यो’ ठड्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
२०८३ असोज ७, बुधबार
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
२०८३ असोज ७, बुधबार
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
२०८३ असोज ७, बुधबार
२८ वर्षमा यती एयरलाइन्सले एक वर्षमै नौ लाख यात्रुलाई दियो हवाई सेवा
२०८३ असोज ७, बुधबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
२०८३ असोज ७, बुधबार