श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चलचित्र ‘वर एण्ड बधु’को छायाँकन सकिएसँगै प्रदर्शन मिति तय

भदौमा आउने भयो वर एन्ड बधु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आँचल र विवेकको निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्र ‘वर एण्ड बधु’को छायाँकन सम्पन्न गरेसँगै प्रदर्शन मिति पनि तय गरेका छन् । यो चलचित्र अब १४ भदौमा रिलिजगर्ने उनले राजधानीलाई बताएका छन् ।

‘१४ भदौमा अरु राम्रो नेपाली चलचित्र छैन भने बलियो बिदेशी चलचित्र पनि छैन । त्यसैले यो मितिलाई वर एन्ड बधुलाई रिलिज गर्ने निर्णयमा हामी पुगेका हौं ।’ चाम्सले भने । वितरकसँग सल्लाह गरेर चलचित्रको प्रदर्शन मिति तय गरेको पनि उनले जानकारी दिएका छन । यो चलचित्रको सम्पादन सम्पन्न गरेर स्वराँकनको काम थालिएको पनि उनले बताएका छन् ।

यो चलचित्रमा अभिनेत्री आँचल शर्मा र नव– अभिनेता विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ । यी दुई जोडीको रुपमा प्रस्तुत भएको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।

वर एन्ड बधुमा गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का, अन्सु महर्जन, दिनेश काफ्ले, सीता न्यौपाने, सुरविर पण्डित, हिउवाला गौतम, यमन श्रेष्ठ लगायतको पनि अभिनय रहेको निर्देशक चाम्सले जनाएका छन् ।

तीजको असबर पारेर सार्वजनिक गनृ लागिएको यो चलिचत्र सामाजिक कथाबस्तुमा केन्द्रित रहेको पनि निर्देशक चाम्सको भनाईछ,‘दम्पतिको कथामा यो चलचित्र आधारित भएकाले पनि रिलिजको लागि तीज उपयुक्त समय हो भन्ने हाम्रो निस्कर्ष छ ।’ उनले भने ।

नेपाल र रोमानियामा छायाँकन गरिएको यो चलचित्रमा जानुका थापाको लगानी छ भने अमित रिजाल चलचित्रका कार्यकारी निर्माता हुन् । एलआरके प्रोडक्शनको ब्यारनमा बनेको यो चलचित्रलाई सुदिप बरालको छायांकन, हिमाल केसीको द्धन्द्ध निर्देशन गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया