कार्तिक ११, २०८३ बुधबार October 28, 2026

कल्कीको सफलतापछि प्रभासको सलार-२ को छिट्टै छायांकन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । हालै प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ रिलिज भएको छ । यो चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । अब प्रभासको बहुप्रतिक्षित चलचित्र ‘सालार २’ को छायांकन छिट्टै सुरु हुने भएको छ ।

पान इन्डिया स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ मा आफ्नो दमदार भूमिकाका कारण चर्चामा छन् । फिल्मलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । फिल्म ‘कल्की २८९८ एडी’ ले अहिलेसम्म राम्रो कमाई गरिरहेको छ ।

‘कल्की २८९८ एडी’ को मज्जा लिइरहेका प्रभासका फ्यानहरुका लागि खुसीको खबर छ । अभिनेताको फिल्म ‘सलार २’ को छायांकन छिट्टै सुरु हुँदैछ । सन् २०२३ मा रिलिज भएको ‘सालार पार्ट १’ को अपार सफलतापछि निर्देशक प्रशान्त नील चाँडै ‘सालार २’ को सुटिङ सुरु गर्न लागेका हुन् । मिडिया रिपोर्टका अनुसार ‘सालार’ ले टिकट विन्डोबाट ७ सय करोड भारु कमाएको थियो, त्यसपछि यो फिल्मको सिक्वेलको पनि घोषणा गरिएको थियो । ‘सलार’ को सिक्वेल ‘सालार २’ को छायांकन अगस्त १० बाट सुरु हुँदैछ । मिडिया रिपोर्टका अनुसार ‘सलार २’ को २० प्रतिशत सुटिङ भइसकेको छ, जुन प्रभास र पृथ्वीराजबीच छायांकन गरिएको छ । फिल्मको अधिकांश छायांकन रामोजी फिल्म सिटीमा हुनेछ ।

मिडिया रिपोर्टका अनुसार फिल्म ‘सालार २’ को दोस्रो भागको कथा त्यहीँबाट सुरु हुनेछ जहाँ यो समाप्त भएको थियो । ‘सलार’ मा प्रभास बाहेक पृथ्वीराज सुकुमारन, श्रेया रेड्डी, श्रुति हासन, मीनाक्षी चौधरी लगायतका कलाकारले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ‘सालार १’ जस्तै फिल्म ‘सालार २’ पनि प्रशान्त नीलले लेखेका हुन् भने निर्देशन पनि प्रशान्तले नै गर्नेछन् । होम्बले फिल्म्सको तर्फबाट विजय किरागण्डुरले निर्माण गर्नेछन् । फिल्ममा प्रभासका अलावा पृथ्वीराज सुकुमारन, श्रुति हासन र जगपति बाबु पनि देखिनेछन् । ‘सालार २’ बाहेक प्रभासको आगामी फिल्महरूको बारेमा कुरा गर्दा, यो सूचीमा ‘बाहुबली ३’, ‘स्पिरिट’, ‘राजा साहेब’ र निर्देशक हनु राघवपुडीको पिरियड ड्रामा फिल्म समावेश छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार