असार २६, २०८२ बिहिबार July 10, 2025

धान दिवशको अवशरमा नेकपाका उपाध्यक्ष गौतमले पनि रोपे धान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले  राष्ट्रिय धान दिवसको अवसरमा धान रोपेका छन् ।

ललितपुरको भैसेपाटीस्थित आफ्नो निवास नजिकै खेतमा उपाध्यक्ष गौमतले धान रोपेका हुन् । उनीसँगै धान रोप्नका लागि धर्मपत्नी तुलसा थापा र परिवारका अन्य सदस्यहरु समेत खेतमा पुगेका थिए ।

गौतमले केहीबेर खेतमा धान रोपेका थिए । यसअघिका वर्षहरुमा गौतम नेतृत्व रहेको अखिल नेपाल किसान महासंघको नेतृत्वमा रोपाईँ कार्यक्रमको समेत आयोजना गरिँदै आएको थियो ।

यस वर्ष कोरोना भाइरसका कारण महासंघले औपचारिक कार्यक्रम नगरेको गौतमको सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया