असार २६, २०८२ बिहिबार July 10, 2025

बामदेवलाई प्रधानमन्त्रीको नयाँ अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  माधव नेपाल र प्रचण्डको हातमा सत्ता नपार्न जसरी पनि वामदेवलाई चुनावताकाको प्रधानमन्त्री बनाउने लोभ देखाउने प्रयत्न जारी छ । र,चुनाव आउन झन्डै सवा दुई बर्ष बाँकी नै छ !

ओलीपछि उनको लिगेसी लिने भरपर्दा नेता तपाईंबाहेक अरु को छन् र भन्दै अबचाहिँ फरक नपर्नेगरी सजिलो ठाउँबाट जिताएर सरकार जिम्मा लगाउने आश्वासनसहित थरिथरिका मान्छे पठाएर घेरा हाल्न थालिएको छ !   स्रोतका अनुसार ‘वामदेवमाथि बालुवाटारको कृपाले नभई बाध्यात्मक परिस्थितिले उक्त खेलको सम्झौता गर्नुपरेको हो । यो वामदेव एकजनाको रहर पूरा गर्नको लागि भएकोचाहिँ  होइन’ ।

वामदेवसँग पार्टीभित्र त्यति धेरै नेता तथा कार्यकर्ता नभएपनि परिस्थितिले उनको ‘फेस भ्यालु’ लाई मूल्याङ्कन गर्नुपर्ने बाध्यकारी अवस्था आएको जवाफ दिने गरिएको छ ।

स्रोतले दाबी गरेअनुसार हालैको भेटमा प्रधानमन्त्रीले गौतमलाई प्रतिनिधि सभाको कुनैपनि स्थानमा रिक्त हुने निर्वाचनको लागि तयार रहन भन्नुभएको थियो । तर,गौतमका शुभचिन्तकहरूले पार्टीकै सर्वसम्मत निर्णयका बाबजुद पनि राष्ट्रिय सभामा मनोनित गर्न ल्याँगल्याँग गर्नेहरूले प्रतिनिधिसभामा सांसद जिताएर प्रधानमन्त्री बनाउने भनी पटकपटक दिएका गुलिया आश्वासनमा नभुल्न सुझाव दिएका छन् ।

यता, नेकपाको संसदीय दलमा प्रधानमन्त्रीको पक्षमा ९० जना सांसद पुगेको चर्चा पनि चलाइएको छ । तर,सत्य के हो भने दुबै पक्षसङ्ग हस्ताक्षर त छ तर बहुमत हुने बिश्वास छैन,यदि त्यस्तो हुन्थ्यो भने बिश्वास र अबिश्वासको खेल उहिल्यै शुरु भैसक्थ्यो ! जनआस्थाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार